close

ताप्लेजुङको खोक्से र मेवाखामा सवारी दुर्घटना, ३ घाइते, २ जनाको अवस्था चिन्ताजनक

ताप्लेजुङको खोक्से र मेवाखामा सवारी दुर्घटना, ३ घाइते, २ जनाको अवस्था चिन्ताजनक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाको मेवाखा नजिक सवारी दुर्घटनामा परी घाइते भएका यात्रु बोकेर आउँदै गरेको अर्को गाडी दुर्घटनामा पर्दा तीन जना गम्भीर घाइते भएका छन् । 

 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर देखिएको घाइते लिन पुगेका रूपनारायण–भागिरथा स्मृति प्रतिष्ठानका एम्बुलेन्स चालक रमण ढकालले जानकारी दिए ।

 

मेवाखा नजिक भएको सवारी दुर्घटनाका घाइतेलाई लिएर उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ आउँदै गरेको मे१ज २५७८ नम्बरको गाडी फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाको सीमा क्षेत्र खोक्से खोलामा दुर्घटनामा परेको थियो । 

 

घाइतेलाई अहिले उद्धार गरी उपचारका लागि ताप्लेजुङ अस्पतालतर्फ ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख पैहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घाइतेहरूको नाम र वतन खुलेको छैन ।