close

४४ करोडको बजेट पारित गर्दै रोङको गाउँसभा सम्पन्न

४४ करोडको बजेट पारित गर्दै रोङको गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

इलाम- इलामको रोङ गाउँपालिकाको ११औँ गाउँसभा सम्पन्न भएको छ । सभाले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैयाँ बराबरको बजेट पारित गरेको छ । 

 

३ दिनसम्म सञ्चालन भएको गाउँसभामा न्यायिक समिति सञ्चालन कार्यविधिसम्बन्धी विधेयक, कार्यपालिकाको चालू आर्थिक वर्षको सबै निर्णयसमेत सर्वसम्मत पारित गरेको छ ।

 

बजेटअनुसार आम्दानीतर्फ समानीकरण अनुदान ९ करोड ७७ लाख ९५ हजार, समपुरक अनुदानतर्फ २ करोड ६ लाख, राजस्व बाँडफाँटतर्फ ७ करोड १ लाख ५ हजार रुपैया अनुमान गरिएको छ ।

 

त्यसैगरी ससर्त अनुदानतर्फ १८ करोड ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।


त्यस्तै, गत वर्षको अल्या भई आउने ४ करोड ९४ लाख ३१ हजार ५ सय रुपैयाँसमेत गरी ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैयाँ आम्दानी अनुमान गरिएको छ ।

 

त्यसैगरी खर्चतर्फ ससर्त अनुदानमा १८ करोड ९ लाख ५० हजार, पुँजीगतमा १७ करोड ८० लाख ३१ हजार ५ सय र चालू खर्चतर्फ ८ करोड २९ लाख रुपैयाँ हुने उल्लेख गरिएको छ ।