close

सुर्खेतमा लम्बियो निषेधाज्ञा

सुर्खेतमा लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतमा पुनः साताव्यापी निषेधाज्ञा थपिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा कमी नआएपछि बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले पुनः २५ असारसम्म निषेधाज्ञा थपेको हो ।


जिल्ला कोभिड व्यवस्थापन समितिको १६ असारको बैठकको सिफारिसमा थप ७ दिन निषेधाज्ञा थपिएको हो । 


संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्न निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । कोरोनाको दोस्रो लहर देखिएसँगै सुर्खेतमा १४ वैशाखबाट निषेधाज्ञा जारी गरिएको थियो ।


पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । १ असारबाट निषेधाज्ञा खुकुलो बनाउँदै गएको प्रशासनले पछिल्लो समय बिहान ९ देखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिने भएको छ । तरकारी, फलफूल पसल बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहनेछन् । 


होटल तथा रेस्टुराँमा स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न दिइएको छ । प्रशासनको आदेश पालना नगरे कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने प्रशासनले बताएको छ । कोरोनाका कारण सुर्खेतमा मात्रै हालसम्म १९५ जना र कर्णालीभर ३२९ जनाको मृत्यु भएको छ ।