close

अलोकतान्त्रिक पार्टीले हटायो, अदालतबाट न्याय पाएँ (भिडियाे वार्ता)

अलोकतान्त्रिक पार्टीले हटायो, अदालतबाट न्याय पाएँ (भिडियाे वार्ता)

ADVERTISEMENT

निर्वाचन आयोगको निर्णयबाट पदमुक्त भएका कटहरिया नगरपालिकाका प्रमुख सियाराम प्रसाद कुशवाहा भर्खरै सर्वोच्च अदालतबाट पुनर्वहाली भएका छन् । कुशवाहालाई किन पदबाट हटाइयो ? कसरी पुनर्वहाली भए ? , अब पालिकाका काम कसरी अघि बढ्लान ? यी र यस्तै विषयमा केन्द्रीत रहेर करिस्मा कार्कीले गरेकाे कुराकानी:

 

पार्टी परित्याग गरेको भन्दै निर्वाचन आयोगले पदमुक्त गरेको थियो, अदालतवाट पुनर्वहाली हुनुभएको छ । कस्तो लागिरहेको छ ? 

मेरो लागि पद गएको अवस्थामा अलिक पीडा भयो । पाँच वर्षका लागि चुनिएको मलाई पार्टीको दबाबमा निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय गर्‍यो । त्यसपछि मैले सर्वोच्च अदालतमा रिट दिएँ । अदालतले मलाई न्याय दियो । मलाई दुःख पनि लागेको छ कि कुनै पार्टीमा कसैलाई टिकट दिनु भनेको उसको लगानी हो । माओवादीले रौटहटमा ११ स्थानीय तहमा टिकट दियो । केहीले जिते । त्यही जितेको मध्येपनि दुई जनालाई पदमुक्त गर्न आयोगलाई पत्र लेख्यो । यस्ता पार्टी अलोकतान्त्रिक पार्टी हुन् । नागरिकको मर्म विपरीत यसरी कारवाही गर्नु नै माओवादीले ठूलो भुल गरेको छ । संविधानको धारामा नभएको कानून अनुसार कारवाही गर्नु नै गलत थियो । 


निर्वाचित भएको पार्टी परित्याग गरेपछि त स्वभाविक रुपले पार्टीले कारवाही गर्न पाउँछ हैन र ? 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई त्यसरी कारवाही गर्न पाइन्छ । संविधानको स्थानीय तहसम्बन्धी कुनै पनि व्यवस्थामा जनप्रतिनिधिलाई पदमुक्त गर्ने भन्ने उल्लेख भएको पाइँदैन । 


यो आदेशले अव जनप्रतिनिधि निर्वाचित भएपछि कसैले हटाउन सक्दैन भन्ने कुरा स्थापित भएको हो ?

स्थापित हुनुपर्छ । कुनै पार्टीबाट प्रतिनिधि जितेर आउँदा त्यसको समयावधि भरी जनताले दिएको म्यान्डेट अनुसार काम गर्न पाउनुपर्छ । 

 
पालिकाको बजेट निर्माण, नीति तथा कार्यक्रम कसर अघि वढ्छ अब ? 

असार १० गते नै नगरसभा उद्घाटन गरेँ । तर, बीचमै पदमुक्त भएँ । बजेट ल्याउन सकेनौँ । तर, हामीले धेरै योजना अघि सारेका छौँ । स्वास्थ्य क्षेत्र, शिक्षामा हामीले प्राथमिकता दिने  योजना बनाएका थियौँ । अब विस्तारै हामी अघि बढ्छौँ । 


यसपटक बजेटमा तपाईँहरुका प्राथमिकता के छन् ? 

यसपालिको बजेटमा हामीले शिक्षा, स्वास्थ्य, शिक्षा, कृषि, कोरोनाविरुद्धको भ्याक्सिन लगाउने, कोरोना सक्रिय संक्रमितको उपचार सुनिश्चितता गर्ने, वाइफाई फ्रि गर्ने, कृषकलाई निःशुल्क विद्युत दिने लगायतका कार्यक्रम बजेटमा समावेश गरेका छौँ ।

 

कार्यकालको अन्तिम बजेट हो । हालसम्म गरेका कामप्रति कति सन्तुष्ट हुनुहन्छ र बाँकी अवधिमा के के काम तपाईका प्राथमिकतामा छन् ?
 
यो प्रश्न मलाई होइन जनतालाई सोध्दा थाहा होला । म त जनताको नोकर । मैले कस्तो नोकरी गरेँ भन्ने कुरा यहाँका नागरिकले थाहा पाउलान् नै । अन्य पालिका भन्दा हामीले फरक योजना अघि सारेका छौ्र्रँ । ति योजना हामीले कार्यान्वयन गरेका छौँ । हामीले सडक निर्माण ग¥यौँ । हामीले नागरिकको स्वास्थ्य क्षेत्रमा पनि ठूलै सहयोग गरेँ । मैले आफ्नो समयावधिसँग सन्तुष्ट छैन । अझै पनि नागरिकलाई सन्तुष्ट पार्ने गरी अन्तिमसँग लागिरहनेछु ।