close

प्रदेश ५ मा अब ३ वटा राजधानी !

प्रदेश ५ मा अब ३ वटा राजधानी !

Trulli
ADVERTISEMENT

रुपन्देही - दाङमा प्रदेश राजधानी तोकिएपछि विवादमा आएको प्रदेश ५ ले अब आर्थिक, पर्यटकीय राजधानी रुपन्देही र प्रशासनिक राजधानी राप्ती भ्याली बनाउने घोषणा गरेको छ ।

 

प्रदेश ५ को सुरक्षा घेरामा बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री एव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

 

पार्टीको उपल्लो स्तरबाटै भालुङवाङलाई प्रदेश राजधानी तोकिएकाले त्यसको पक्षमा मत दिन सांसदहरूलाई उनले निर्देशन दिए ।

 

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले रुपन्देहीलाई राजधानी बनाउने एजेन्डा सफल नहुने भए विशेष प्याकेज बनाउन प्रस्ताव राखेका थिए । बैठकले रुपन्देहीको लुम्बिनी करिडोरलाई पर्यटकीय एवं आर्थिक राजधानी बनाउने निर्णय बहुमतले गरेको सचेतक भूमिश्वर ढकालले दाबी गरे ।

 

पार्टी ह्विपपछि नेकपा सभासद्ले भालुवाङमा राजधानी बनाउने प्रस्तावमा मतदान गर्नेछन् । यो प्रस्तावलाई २० असोजमै मतदानबाट टुंग्याउने योजना छ । 

 

सत्तारुढ सांसदकै विरोधका बाबजुद प्रदेश ५ को स्थायी राजधानी भालुवाङ तोकिने निश्चित भएको छ ।