close

टाटा नेक्सन इलेक्ट्रिक एसयूभीको बुकिङ खुलाइँदै

टाटा नेक्सन इलेक्ट्रिक एसयूभीको बुकिङ खुलाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा टाटाको नेक्सन इलेक्ट्रिक एसयूभी गाडीको बुकिङ खुला गर्ने भएको छ । आकर्षक बनावटको यो गाडीमा टिकाउ ब्याट्री भएकाले लामो दूरीको यात्रामा पनि सहज हुने कम्पनीको दाबी छ ।

 

सन् २०२० जनवरीबाट भारतमा बिक्री सुरु भएको यो गाडीले विद्युतीय गाडी बजारको ६५ प्रतिशत हिस्सा ओगट्न सफल भएको कम्पनीले बताएको छ । नेपालमा उत्कृष्ट विद्युतीय गाडीसँगै ब्याट्रीको वारेन्टी, विभिन्न स्थानमा चार्जिङ स्टेसनलगाय सुविधा विस्तार गर्ने योजना कम्पनीको छ । 

 

‘वातावरणमैत्री यो गाडी सुविधाजनक यात्रा र सुरक्षालाई ध्यान दिई तयार पारिएको छ । नेपाली ग्राहकले गाडीलार्ई  विश्वास गर्ने अपेक्षा गरेका छौं,’ टाटा पेसेन्जर भेहिकल युनिटको अन्तर्राष्ट्रिय व्यापार प्रमुख मायांक बाल्डीले भने । 

 

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेक्सन इलेक्ट्रिक एसयूभी गाडी वातावरणमैत्री, अत्याधुनिक सुविधासम्पन्न र आरामदायी रहेको जानकारी दिए ।

 

इम्प्याक्ट डिजाइन २.० अवधारणाअन्तर्गत तयार पारिएको यसको बनावट आकर्षक छ । गाडीको भित्री भाग फराकिलो हुुनुका साथै ध्वनि प्रदुषण नियन्त्रण गर्न सक्ने व्यवस्था छ । सात इन्चको हर्मन इन्फोटेन्मेन्ट प्रणाली भएको नेक्सनमा एन्ड्रोएड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ ।

 

३०.२ केडब्लुएचको उच्च क्षमतायुक्त लिथियम आयोन ब्याट्री भएको यो गाडीको टर्क क्षमता २४५ एनएम छ । नेक्सन ईभी ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुड्न सक्छ । 

 

एक पटक चार्ज गरेपछि यो गाडीले बिनाझन्झट २०० देखि २५० किलोमिटरको दूरीसम्म पार गर्न सक्छ । ग्लोबल एनक्याप रेटिङअनुसार उक्त गाडीमा सुरक्षाका लागि अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ ।