close

फिलिपिन्समा सैनिक विमान दुर्घटना, १७ जनाको मृत्यु

फिलिपिन्समा सैनिक विमान दुर्घटना, १७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

एजेन्सी- अवतरण गर्नेक्रममा फिलिपिन्सको सैनिक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।

 

सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा ९२ जना सवार थिए । 

 

कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको होे 

 

उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।