close

१ करोड लगानीको खानेपानी आयोजना ३ वर्षदेखि अलपत्र 

१ करोड लगानीको खानेपानी आयोजना ३ वर्षदेखि अलपत्र 

Trulli
ADVERTISEMENT

दैलेख- ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ मा रहेको माचखर्क ठुलाछहरा खानेपानी योजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७५/०७६ मा १ करोड  १५ लाख रुपैयाँ बजेट छुट्याएर काम सुरु भएको खानेपानी योजना तीन वर्ष पुगिसक्दा पनि सम्पन्न हुन सकेको छैन । 

 

माचखर्क ठुलाछहरा खानेपानीका सचिब नेम बहादुर दशाँैदीका अनुसार करिब १२ वटा टयांकी र ७८ वटा धारा बनाउनुपर्नेमा १० वटा धारा १२ घनमिटरको एउटा टयांकी, १० घनमिटरका दुईवटा र २ घनमिटरका ३ वटा ट्यांकी तयार भएपछि  योजना अलपत्र पारेको उनले बताए । 


ठाटीकाँध गाउँपालिकाका सब इन्जिनिएर लबराज कठायत र निर्माण व्यवसायी उपेन्द्र बोहोराको लापरवाहीले योजना अलपत्र परेको दशौँदीको आरोप छ । ‘प्राविधिकलाई बारम्बार खानेपानी योजनाको स्टिमेट उपलब्ध गराउन भनिएपनि दिन नसकेको उनको भनाइ छ । 

 

उता आफुले काम सकिसकेको र प्राविधिकले अनुगमन गरेर आएपनि गाउँपालिकाले भुक्तानी नदिएको निर्मााको ठेक्का लिउका व्यवसायी उपेन्द्र बोहोरा बताउँछन् । गाउँपालिकाका सव इन्जिनियर लवराज कठायत भने आफुलाई आयोजनाबारे हाल जानकारी नभएको जवाफ दिन्छन् । 

 

ठुलाछहरा खानेपानीको लागत कति हो भनेर पालिकाखरबाट बारम्बार जानकारी लिन खोज्दा उनले गैरजिम्मेवार तर्क दिदै आएका छन् । यता ठाटीकाँध  गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही गाउँपालिकामा पर्याप्त बजेट नभएकाले उक्त योजनालाई क्रमागत रुपमा राखिएको बताउँछन् । 

 

गाउँपालिकाले टेन्डर गर्दा विजय कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेक्का पाइसकेपछि काम नगरेर बिचैमा अलपत्र छोड्दा भुक्तानी नदिएको गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीको भनाइ छ ।