close

दाङको पक्षमा जसपाको ह्वीप, ३ सांसदको असहमति, बैठकस्थल तनावग्रस्त

दाङको पक्षमा जसपाको ह्वीप, ३ सांसदको असहमति, बैठकस्थल तनावग्रस्त

Trulli
ADVERTISEMENT

दाङ– प्रदेश ५ को स्थायी राजधानी दाङको पक्षमा जनता समाजवादी पार्टी (जसपा)ले आफना प्रदेश सदस्यहरुलाई मतदान गर्न ह्वीप जारी गरेको छ ।

 

सोमवार दिउँसो भएको संसदीय समितिको बैठक र पार्टीको प्रदेश कमिटी बैठकले प्रदेशको स्थायी राजधानीको लागि दाङको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

 

तर वुटवल  रुपन्देही–३ क वाट निर्वाचित जसपाका सांसद सन्तोष पाण्डेले भने ह्वीप नमान्ने बताएका छन् । वुटवल क्षेत्रवाट प्रतिनिधित्व गर्ने तीनजना सांसदले पार्टीको ह्वीप ननमानने निर्णय गरेको उनले जानकारी दिए ।

 

तर यादवले भने  राजधानीका विषयमा मतदान हुने अवस्था आए आफना ६ जना सांसदहरुले प्रदेश सरकारले दर्ता गराएको प्रस्तावमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको र त्यही अनुसार संसदहरुलाई निर्देशन समेत गरिसकिएको बताए ।

 

प्रदेशमा प्रदेश सभा सदस्यहरु विभाजित भएर धारणा राखिरहेको समयमा राजपाले दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

 

दोस्रो बैठकपनि तनावग्रस्त

प्रतिपक्षी दल कांग्रेसको विरोधका वावजुद प्रदेश ५ को प्रदेशसभाको दोस्रो बैठक बुटवलमा सुरु भएको पािलका खबरदाता चन्द्रकान्त खनालले जानकारी दिएका छन्  । बैठक सुरु हुने वित्तिकै कांग्रेस र जनता समाजवादी पार्टीका ३ जना सांसद नाराबाजी गर्दै र विरोधमा उत्रिएका छन् ।

 

नाराबाजीबीच सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् । तर कांग्रेसका सांसदले नाराबाजी गर्दै टेबुल र कर्सी तोडफोड गरिरहेका छन् । राजधानीका विषयमा सहमत जसपाले प्रदेशको नामामा आपत्ति जनाउदै सदनमा प्रर्दशन गरेको हो ।

 

बैठक स्थगित 


कांग्रेस र जसपाका केही सांसदको पटक पटकको अवरोधपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थागित गरेका छन् ।  सभामुख पुर्णबहादुर घर्तीले मंगलबार दिउँसो १२ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।