close

दल दर्ताका लागि निर्वाचन आयोगले दियो समयसीमा

दल दर्ताका लागि निर्वाचन आयोगले दियो समयसीमा

Trulli
ADVERTISEMENT

काठमाडौं- सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका बेला निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समयतालिका सार्वजनिक गरेको छ ।


आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै ३१ असारदेखि १५ साउनसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो ।

 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ ।


सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै ८ जेठमा निर्वाचन घोषणा गरेकी थिइन् । २६ कात्तिक २६ र ३ मंसिरमा प्रतिनिधिसभा चुनाव गर्ने घोषणा सरकारले गरिसकेको छ ।


दल दर्ताका लागि समय दिने निर्णय भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।