close

बुटवल उपमहानगर वडा नम्बर १८ का वडाध्यक्षको निधन

बुटवल उपमहानगर वडा नम्बर १८ का वडाध्यक्षको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- रूपन्देहीको बुटवल उपमहानगर वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।


७२ वर्षीय आचार्यको उपचारका क्रममा काठमाडौंमा सोमबार बिहान मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

 

कोरोना संक्रमण पुष्टि भएपछि आचार्यको बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको थियो ।


एक साताअघि परिवारले उनलाई थप उपचारका लागि काठमाडौं ल्याएको थियो । वडाध्यक्ष शर्माले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका थिए ।