close

जुम्लाका स्थानीय तहले पाए ४० लाख बढीको स्वास्थ्य सामग्री

जुम्लाका स्थानीय तहले पाए ४० लाख बढीको स्वास्थ्य सामग्री

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लामा पनि कोरोना महामारीले सताएको छ । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्न साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान इन्टरनेसनल नेपालले ४० लाख ७९ हजार २३१ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री विभिन्न स्थानीय तहलाई वितरण गरेका छन् ।

 

कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९, सिंजामा ७ लाख १५ हजार १२२ र हिमामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग जुटेको हो ।

 

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कोभिड अस्पतालमा १७ लाख ६७ हजार ६१ रुपैयाँ बराबरको कोभिड रोकथाम तथा नियन्त्रण स्वास्थ्य सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए ।

 

कोभिड-१९ को जोखिम न्यूनीकरण, रोकथाम तथा प्रतिकार्यका लागि स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेसन केन्द्र र कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्री माग भएपछि सहयोग उपलब्ध गराइएको उनको भनाइ छ । 

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर ४ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर २० पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ४५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३५० बोतल, फेससिट ३५० पिस, पिपिई २०० पिस, ग्लोब्स १२००, हेभी ड्युटी ग्लोब्स १०० थान सहयोग गरिएको छ । 


यस्तै, हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको छ । 


त्यसैगरी सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल मास्क १५ हजार पिस, एन९५ मास्क ५० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान उपलब्ध गराइएको छ । 


कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिन्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल मास्क २० हजार पिस, एन९५ मास्क १०० पिस, ५ सय मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ३०० बोतल, फेससिट ३०० पिस, पिपिई १०० पिस, ग्लोब्स ६०० थान, हेभी ड्युटी ग्लोब्स ५० थान सहयोग गरिएको छ ।