close

घरदैलो पुगेर भत्ता बाँड्दै नगर प्रमुख चौधरी

घरदैलो पुगेर भत्ता बाँड्दै नगर प्रमुख चौधरी

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले नगरभित्रका अशक्तलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् । नगर प्रमुख चौधरीले बैंकसम्म आउन नसक्ने अशक्तलाई घरघरमै पुगेर भत्ता वितरण गरेका हुन् । 

 

सन्राइज बैंक गाईघाट शाखाका म्यानेजर सञ्जय गेलालसहितको टोली बनाएर हिँडेका चौधरीले त्रियुगा नगरपालिका वडा नम्बर ७ गुण्डे चुहाडेकी अशक्त ७३ वर्षीया सनमाया दनुवारलाई घरमै पुगेर चार महिनाको १२ हजार रुपैयाँ भत्ता वितरण गरे ।

 

त्यसैगरी त्रियुगा नगरपालिका वडा नम्बर ७ तोरीबारीकी ७६ वर्षीया अशक्त मनमाया घिमिरेलाई पनि चौधरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता हस्तारण गरे ।

 

बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्नेहाई वडाको समन्वयमा बैंक तथा नगरपालिकाले घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाले अशक्तलाई बैंक तथा वडाको समन्वयमा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

 

जनताको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपछि लाभग्राही खुसीले दंग छन् । आगामी दिनमा पनि अशक्त समूहका लक्षित वर्गलाई घरदैलोमै सेवा उपलब्ध गराउन व्यवस्था मिलाइने नगर प्रमुख चौधरीले बताए ।