close

आफ्नै समीक्षा: घोषणापत्रका ४० प्रतिशत प्रतिबद्धता पूरा गरेँ (भिडियो वार्ता) 

आफ्नै समीक्षा: घोषणापत्रका ४० प्रतिशत प्रतिबद्धता पूरा गरेँ (भिडियो वार्ता) 

ADVERTISEMENT

सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनको कार्यकाल अब एक वर्ष बाँकी छ । जनप्रतिनिधिका रुपमा ४ वर्ष जनताको घरदैलोमा बिताएका उनी पालिकामा पूर्वाधार विकासमा धेरै काम गरेको दावी गछृन । पालिकाखबर बुलेटिनको पालिका टकका लागि करिष्मा कार्कीले गरेको कुराकानी :
 

शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमकितामा राखेर बजेट ल्यायौं भन्नुभएको छ, कस्ता कार्यक्रम छन् यसपटक ? 

यसपटक हामीले विशेष गरी नीति तथा कार्यक्रममा महामारी न्यूनकिरण गर्न स्वास्थ्य क्षेत्रमा लगानी गरेका छौँ । दोस्रो, शिक्षालाई जोड दिएका छौँ भने तेस्रोमा कृषि र अन्यमा पर्यटन, विद्युत विस्तार, बाटो, स्वच्छ खानेपानीसँग सम्बन्धित रहेर नीति तथा कार्यक्रम ल्याएका छौँ । 

 

शैक्षिक उननयनका लागि नीति नै बनाएर अघि बढ्नु भएको छ । जिल्लामा तपाईहरुले शिक्षा क्षेत्रमा चालेका कदमको प्रसंसा सुनिन्छ, के त्यस्तो चमत्कार गर्नुभयो  शिक्षामा ? 

शिक्षामा, पहिलो त हामीले आधार वर्षमा नै स्थानीय पाठ्यक्रम निर्माण गर्‍यो । शिक्षण सिकाईको विधि अवलम्बन गर्‍यौँ । सामुदायिक विद्यालय यहाँ ४८ वटा छन् । जसमध्ये २९ वटामा बालविकास शिक्षिका हुनुहुन्थ्यो । बाँकी १९ मा थिएनन् । हामीले पहिलो वर्षदेखि नै शिक्षिकालाई संघीय सरकारको ६ हजार र पालिकाको तर्फबाट ४ हजार थपेर १० हजार पुर्‍याइदियौँ । त्यसपछि हामीले अहिले १३ हजारको दरले सुविधा दिइरहेका छौँ । 

 

यसपटकको बजेटमा पूर्वाधार विकास तर्फ सडकमा मात्र पैसा राखेको देखियो, अन्य क्षेत्र सम्पन्न भइसकेका हुन् कि सडक पहिलो आवस्यकता हो तपाईहरुको ? 

प्राथमिकता स्वास्थ्य, शिक्षा हो । अर्को सडक क्षेत्रमा हामीले लगानी गरेका छौँ । संघीय सरकारको नीति तथा कार्यक्रममा काठमाडौं हुँदै दुई नम्बर प्रदेशको लालबन्दी जोड्ने सडक परेकाले हामीलाई सहज भएको छ । हामीले विशेष गरी पालिकाको गौरव भनेर तीन सडक निर्माण अघि बढाएका छौँ । त्यसमाथि पनि वडा नम्बर ७ को महेश्वतादेखि ऐतिहासिक हरिहरपुर गढी जोड्ने सडकलाई मुख्य ध्यान दिएका छौँ । 

 

कृषि र पशुपालन पालिकाको विकासको मेरुदण्ड भन्नु भएको छ, कृषकले कस्ता अनुदान पाएका छन् । के के सुविधा दिनुभएको छ कृषिक्षेत्रमा ? 

हामीले कृषिमा राम्रै लगानी गर्दै आयौँ । तर, सार्थक भएन । व्यावसायिक बनाउन सकेनौँ । त्यसैले यो वर्षदेखि हामीले अलिक व्यवस्थित तबरले परिणाममुखी बनाउने हिसाबले कृषकलाई पुरस्कृत गर्ने, कृषकलाई सामग्री दिएका छौँ । सुलभ ब्याजदरमा ऋण प्रवाह गर्ने योजना बनाएका छौँ । जसका लागि तीन सहकारीसँग सहकार्य गरेका छौँ । उहाँहरुले विना धितो १ लाख कर्जा त्यो पनि वार्षिक २ हजारको दरले लिन पाउने व्यवस्था गरेका छौँ । 

 

तपाईंको कार्यकालको अन्तिम बजेट ल्याउनुएको छ । घोषणापत्रको प्रतिवद्धता मात्र पुरा भए कि जनताको समृद्धिको सपना पनि पुरा भयो ? 

दुःखका साथ भन्नुपर्छ, हामीले घोषणापत्रमा उल्लेख गरेका कुरा पूरा गर्न सकेका छैनौँ । तर, जनताको समृद्धिको प्रक्रियामा छौँ । जनता सन्तुष्ट छन् । घोषणामा लिपिबद्ध भएका कुरामध्ये ४० प्रतिशत कुरा चाहिँ पूरा गरेका छौँ । जमिन नाप नक्सा गर्ने काम चाहिँ गर्न सकेका छैनौँ । तर, त्यो काम पूरा हुनेमा हामी विश्वस्त छौँ ।