close

पहिरोले घरपरिवार गुमाएकालाई सहयोग

पहिरोले घरपरिवार गुमाएकालाई सहयोग

Trulli
ADVERTISEMENT

धादिङ - २ महिनाअघि पहिरोले परिवारका ३ सदस्य र घरसमेत गुमाएका १ अभिभावकलाई सहयोगी मनहरूले तत्काल बसोबासका लागि अस्थायी घर निर्माण गरिदिएका छन् । 


गत साउन ६ राती खसेको पहिरोले घर पुरिँदा छोराबुहारी र नातिनीसमेत गुमाएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा–६ गोलाङ काफलगैरीका चेतबहादुर खाँणलाई सहयोगी दाताले अस्थायी बसोबासको व्यवस्था गरिदिएका हुन् । 


साउन ६ राती ३ बजेतिर झरेको पहिरोले घर भत्किँदा चेतबहादुरका २५ वर्षीय छोरा मिलन, २१ वर्षीया बुहारी सम्झना र डेढ वर्षिया नातिनी अन्जिताको पहिरोेमा मृत्यु भएको थियो । 


पहिरोले परिवार बस्ने घर गुमाएपछि पीडामा परेका खाँणलाई तत्कालका लागि बस्ने अस्थायी घर र केही लत्ताकपडा, खाद्यान्न सहयोग गरिएको हो । 


‘खाँण परिवारको पीडामा थोरै भए पनि मल्हम लगाउन लायन्स क्लब अफ नेपाल हाइलाइट्सले सुरु गरेको सहयोग अभियानलाई अस्ट्रेलियामा रहेका विकास पन्त, उनका साथीहरू ह्यान्स र थ्रेसिया, अमेरिकाबाट खड्ग एस तामाङले आर्थिक सहयोग उपलब्ध गराएका थिए । 


लायन्स क्लबका प्रतिनिधि ईश्वर भण्डारीका अनुसार घरबास मिलाउन   सहयोगीलाई गरिएको आग्रहअनुसार लत्ताकपडा र खाद्यान्न सहयोग प्राप्त भएको छ भने त्रिपुरासुन्दरी गाउँपालिकाले खानेपानीका लागि पाइप र विद्युत् लाइनको केबुल उपलब्ध गराएको छ ।