close

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ३ जनालाई

यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ३ जनालाई

Trulli
ADVERTISEMENT

एजेन्सी - यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार २ अमेरिकी र १ बेलायती वैज्ञानिकले पाएका छन् ।

 

स्वीडेनको स्टकहोमस्थित कारोलिनस्का इन्स्टिच्युटमा बसेको नोबेल कमिटी बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने ३ जनालाई पुरस्कार दिने निर्णय गरेको हो । 


मेरिल्यान्डको युएस नेसनल इन्स्टिच्युट अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कको रकेफेल्लर युनिभर्सिटीका चाल्र्स एम राइस र क्यानाडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल ह्युगटनले  १० मिलियन स्विडिस क्रोनरको पुरस्कार पाउनेछन् । 


३ वैज्ञानिकले सिरोसिस र कलेजोको क्यान्सरको मुख्य कारण हेपाटाइटिस सी भाइरस पत्ता लगाएका थिए ।   


नोबेल कमिटीका सचिव थोमस पर्लम्यानले लाखौंलाई प्रभाव पारेको हेपाटाइटिस सी भाइरसलाई प्लेगको रूपमा वर्णन गरेका छन् । उनले पुरस्कार विजेता अल्टर र राइसलाई फोन गरी जानकारी गराएको  र भाइरोलोजिस्ट ह्युगटनसँग सम्पर्क नभएको बताए । 


विश्व स्वास्थ्य संगठनका अनुसार हाल ७ करोड बढीलाई हेपाटाइटिस सी भाइरसको संक्रमण छ । हरेक वर्ष त्यसको संक्रमणबाट ४ लाखले ज्यान गुमाउने गरेका छन् ।