close

१०५ वर्षीया सुनकान्छीलाई चाँगुनारायणको सम्मान 

१०५ वर्षीया सुनकान्छीलाई चाँगुनारायणको सम्मान 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रकै सबैभन्दा ज्येष्ठ महिलालाई सम्मान गरेको छ । पालिकाले शताब्दी पूरा गरेकी १०५ वर्षीया सुनकान्छी लामिछानेलाई सम्मान गरेको हो । 

 

नगरप्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बास्तोलासहितको टोली वडा नम्बर ६ लामिछानेको घरमा गई उक्त सम्मान गरेको हो । सम्मानमा पुगेको टोलीले लामिछानेसँग सामान्य कुराकानीसमेत गरेको थियो । 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको उक्त सम्मान कार्यक्रममा लामिछानेलाई क्रमशः सिरक, डसना, तन्ना, खास्टो, सिरानी, हर्लिक्स र कर्नफ्लेक्स १ किलो, २ दर्जन बिस्कुट र २ लिटर जुस वितरण गरियो ।

 

नगरपालिकाले ज्येष्ठ नागरिकको हितका लागि ‘ज्येष्ठ नागरिकको ओठमा खुसी नगरको चाहना’ नामक कार्यक्रम तय गरेको छ ।  ज्येष्ठ नागरिकप्रति वहन गर्नुपर्ने भूमिकाबारे सचेतना जगाउन लागि नगरपालिकाले सम्मान कार्यक्रम गरेको हो । 

 

उपप्रमुख बास्तोलाले राष्ट्रको सम्पत्ति र अनुभवका खानीका रूपमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र तिनलाई परेको समस्या समाधानका लागि नगरपालिकाले सम्मान गरेको बताइन् ।