close

नागरिक खबरदारीले जिम्मेवार बन्दैछन् जनप्रतिनिधि

नागरिक खबरदारीले जिम्मेवार बन्दैछन् जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

 

नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीय सिटीहलमा सम्पन्न भएको हो ।


पानस उदयपुरको सहजीकरण तथा चौदण्डीगढी नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ सञ्चालन गरिएको हो ।

 

नगरपालिकाले चालू आर्थिक वर्ष गरेका सम्पूर्ण गतिविधि, योजना तथा विकास निर्माण, कर्मचारीले गर्ने काम कर्तव्य, नगरदेखि वडासम्म हुने हरेक कार्यको समीक्षासहित जनमत तयार गरेर बृहत् चित्र प्रदर्शन गरिएको थियो ।

 

सार्वजनिक सुनुवाइको कार्यक्रममा नगरबासीको बाक्लो उपस्थिति थियो । सार्वजनिक सुनुवाइले जनप्रतिनिधिदेखि कर्मचारीसम्मलाई आफ्नो काम, कर्तव्यमा सतर्क रहन र सेवाग्राहीको काम छिटो हुने नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए । 

 

नगरभित्र भए-गरेका सम्पूर्ण कामको समीक्षासहितको वृत्तचित्र प्रस्तुत गरिएको थियो । यस आर्थिक वर्षको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम नगरप्रमुख राईको अध्यक्षतामा भएको थियो ।