close

छात्रवृत्ति दिएर चिकित्सक उत्पादनमा जुट्याे सिरिजंगा

छात्रवृत्ति दिएर चिकित्सक उत्पादनमा जुट्याे सिरिजंगा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सिरिजंगा गाउँपालिकाले पालिकाभित्रका कुनै पनि विद्यार्थीले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उत्तीर्ण गर्न नसके ताप्लेजुङका अन्य स्थानीय तहका योग्य विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।


३ असारमा सम्पन्न पालिकाको बजेट अधिबेशन तथा गाउँसभा पछि २८ असारमा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय लिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 


३ असारमा सम्पन्न आर्थिक वर्ष २०७८/७९ का लागि नवौँ गाउँसभा अधिवेशनका क्रममा प्रस्तुत नीति, कार्यक्रम र बजेटमार्फत पालिका आफैंले पालिकाभित्रका एक उत्कृष्टलाई आफ्नै खर्चमा डाक्टरी पढाउने घोषणा गरिएको थियो ।


कार्यपालिका बैठकले आव २०७८/७९ का लागि प्रस्तुत ४३ बँदे नीति तथा कार्यक्रम, सो आवमा सञ्चालन हुने आयोजना तथा कार्यक्रम समावेश भएको सिरिजंगा गाउँपालिकाको विनियोजन विधयेक तथा आर्थिक विधयेक, २०७८ लाई पारित गरेको छ । 

 

यस्तै, पालिकाले न्यायिक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पालिकाभरिका १८ जनालाई मेलमिलापकर्ताको रूपमा सूचीकृत गरेको छ । पालिकाले गाउँ सडक यातायात गुरुयोजना र भवन संहिता स्वीकृत गरेको छ भने केन्द्र तथा प्रदेश सरकारसँग माग गरिने आयोजना तथा कार्यक्रम स्वीकृत गरी प्रोजेक्ट बैंकको स्थापना गर्ने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

 

यस्तै, पालिकाले पालिकाको छात्रवृत्तिसम्बन्धी बिधयेक, २०७८ स्वीकृत गरी पालिकाभित्रका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीलाई निःशुल्क शिक्षा, कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क पोसाक र विद्यालय झोलाको व्यवस्था, पालिकाभित्रको क्याम्पसमा स्नातक वा सोभन्दा माथि अध्ययन गर्ने दलित तथा अपांगता परिचयपत्र प्राप्त विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्थाको प्रावधान लागू गर्ने निर्णय लिएको छ । 


पालिकाभित्रका ८ वटै वडाबाट एसईई परीक्षाको नतिजामा उत्कृष्ट अंक ल्याउने १–१ जना विद्यार्थीलाइ निःशुल्क प्राविधिक संकायमा प्रवीणता प्रमाणपत्र तहको अध्यापनमा आवाससहितको व्यवस्था गर्ने प्रावधान लागू गरिने भएको छ ।