close

खेतमा होइन कौसीमै तरकारी फलाउँछौँ (भिडियाे वार्ता)

खेतमा होइन कौसीमै तरकारी फलाउँछौँ (भिडियाे वार्ता)

Trulli
ADVERTISEMENT

काठमाडौंको नागार्जुन नगरपालिकाका उपप्रमुख शुसीला अधिकारीसँग पालिकाको बजेट, बैकल्पिक शिक्षण पद्धतिमा पालिकाको लगानी, पूर्वाधार विकासलगायतका विषयमा गरिएको कुराकानी 

 


एक अर्ब ८५ करोडको बजेट ल्याउनु भएको छ । यो बजेटको प्राथमिकता के के छन् बताइदिनुस् न ।

पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य छ । कार्यकालमा लिइएको योजना पूरा गर्ने गरी बजेट विनियोजन गरेका छौँ । त्यो पूरा गरेर छोड्छौँ ।


शहरी क्षेत्रमा हुनुहुन्छ , कृषिमा त कम नै लगानी छ । तर कौसी खेतीलाई प्रोत्साहन गर्ने नीति अनुसार यो सुविधा कतिले लिए ?

नगरपालिकाको आधि भाग शहरी र आधि भाग ग्रामीण क्षेत्र छ । यहाँ पुरै शहरी भेग छैन । त्यसकारणले सबै कुरामा आत्मनिर्भर बन्नुपर्छ भन्ने योजना लिएर हामीले शहरी भेगका युवाको चाहना अनुसार कौसी खेतीलाई प्राथमिकतामा राखेर अघि बढेका छौँ । 


कोरोनाका कारण बालबालिकाको पढाइ नराम्रोसँग प्रभावित भएको छ । पठनपाठन र नतिजा प्रकाशनका काम कसरी गरिरहनु भएको छ ? 

आजसम्म हामीले भौतिक उपस्थितिमा पठनपाठन गर्ने अवस्था छैन । अनलाइन प्रविधिबाट पठनपाठन भइरहेको छ । निजी विद्यालयले त गरिरहेको थियो भने हामीले सरकारी विद्यालयलाई पनि त्यही मोडेलमा रुपान्तरण गर्‍यौँ । ८ कक्षाको परीक्षा सम्पन्न ग¥यौँ । राम्रो अंक ल्याउनेलाई हामीले प्रोत्साहन गर्ने काम गर्‍यौँ । विद्यालयलाई व्यवस्थित बनाउन पुस्तक वितरण समेत गर्‍यौँ । 


चारवर्षको अवधिमा पालिकाहरुले पूर्वाधारमा लगानी गरे, कृषिक्षेत्रको विकासमा पनि राम्रो काम भएको छ । तर स्वरोजगार बनाउने र उद्यमशीलता विकासमा भने खासै काम भएन । यो समस्या तपाईंहरुकहाँ पनि देखियो । तपाईहरु किन पछि पर्नुभयो ? 

तपाईले भने जस्तै हामीले लगानी गरेका हौँ । तर, उपलब्धी कम भएपनि पछि भने परेका छैनौँ । यो चार वर्षमा हामीले धेरै तालिम सिकायौँ । कति रोजगार भए भन्ने भन्दा पनि केही प्रतिशत भने स्वरोजगार बनेका छन् । अहिले धेरै जनाले रोजगारी पाएका छन् । हामीले विभिन्न समयमा दिएको तालिमले नै धेरैले लघु उद्योग खोलेका छन् । हामीले प्रविधि हस्तान्तरण कार्यक्रम ल्याएर सहयोग ग¥यौँ । पशुपालकलाई कुखुरा, बाख्रा वितरण गर्‍यौँ । अरु धेरै सहयोग हामीले गरेका छौँ । हामीले बेकरीको तालिम लिएकालाई पनि केही दिनमा सामग्री हस्तान्तरण गर्दैछौँ । 


तपार्इंको कार्यकालको अन्तिम बजेट ल्याउनुएको छ । घोषणापत्रको प्रतिवद्धता मात्र पुरा भए कि जनताको समृद्धिको सपना पनि पूरा भयो ? 

यो हाम्रो बाध्यता हो । घोषणापत्रमा समावेश भएका कुरा र जनताको इच्छालाई पूरा गर्नुपर्छ । हामीले त्यो पूरा हुने गरी काम गर्‍यौँ । पूर्वाधार, खानेपानी, शिक्षा स्वास्थ्य सबैले सम्बोधन गरिरहेका छन् । सय प्रतिशत नभएपनि हामीले बजेटले भ्याउनेसम्मका कुरा पूरा गरेका छौँ । विकास निर्माण भएको छ । खानेपानी, बाटोको सुविधा प्रदान गरेका छौँ ।