close

भक्तपुरको बजार अनुगमन : पुरानो मूल्य केरमेट, हातले लेखेरै तोकिन्छ भाउ

भक्तपुरको बजार अनुगमन : पुरानो मूल्य केरमेट, हातले लेखेरै तोकिन्छ भाउ

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै नियमित बजार अनुगमन गर्दै आएको छ । पालिकाको गठित अनुगमन समितिमार्फत गरिएको अनुगमनमा कतिपय ठाउँमा अखाद्य वस्तुको जफतसँगै कारबाहीसमेत गर्दै आएको छ । 

 

पालिकाले लिवालीस्थित पसलमा गरेको अनुगमनमा अनुज्ञापत्रबिना मनोमानी लेबल राखी खाद्यान्न बिक्री भइरहेको पाइएको छ । अनुगमन समिति संयोजक राजकृष्ण गोराका अनुसार अनुगमन गर्दा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा लेबल नराखी बिक्री भएको पाइएको हो ।

 

अनुज्ञापत्रबिना व्यवसायी आफैंले हातले लेबल लेखी राख्नुका साथै म्याद नाघेको सामान जफत गरी नष्ट गरेको उनले बताए । अनुगमनमा संलग्न वडा निरीक्षक रामकृष्ण प्रजापतिले लेबल नभएको, म्याद नाघेका सामान नष्ट गरेको जानकारी दिए ।

 

खाद्य अनुज्ञापत्र लिएर लेवल राखेर मात्र बिक्री गर्न, मूल्यसूची राख्न, खरिद बिल र विक्री बिल लिने दिने प्रक्रिया ल्याउन, सरसफाइमा ध्यान दिन, तराजु नवीकरण गर्न निर्देशन दिइएको छ ।

 

बुधबार ६ वटा किराना पसल अनुगमन गरिएका थिए । भक्तपुरको लिवालीमा बजार अनुगमन गरिएको हो । सबै किराना पसलहरूमा म्याद नाघेका सामान भेटिएको प्रजापतिले जनाए ।