close

३ स्थानीय तह अझै बैंकको पहुँचबाहिर 

३ स्थानीय तह अझै बैंकको पहुँचबाहिर 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिने तथ्यांकअनुसार ७५३ स्थानीय तहमध्ये हालसम्म ३ वटामा वाणिज्य बैंकको शाखा नपुगेको देखिएको छ ।  

 

राष्ट्र बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको हो । ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० वटा तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । 

 

२०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।   

 

वाणिज्य बैंकका शाखा नपुगेका स्थानीय तहमा धादिङको रुविभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन् । राष्ट्र बैंकका अनुसार जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १३८ पुगेको छ ।

 

त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।   
    


तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को जेठसम्म २२० वटा बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सहभागी भएका छन् । 

 

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि २०७८ जेठ मसान्तसम्म १६६ वटा संस्थाको इजाजत खारेज भएको छ भने ५४ वटा संस्था कायम भएको राष्ट्र बैंकले बताएको छ ।