close

अछाममा पहिलो पटक एमबिएसको पढाइ 

अछाममा पहिलो पटक एमबिएसको पढाइ 

Trulli
ADVERTISEMENT

अछाम- सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसमा पहिलोपल्ट एमबिएसको पढाइ हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि स्नातकोत्तरमा एमबिएसको पठनपाठन सुरु हुने क्याम्पस प्रशासनले जनाएको छ । 


अछामकै अग्रणी क्याम्पसमा एमबिएस पढाइका लागि अनुमति प्राप्त भएको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएपछि क्याम्पसमा यसै शैक्षिक सत्रबाट पढाइ सुरु हुनेछ ।

 

क्याम्सपले १८ देखि २५ साउनसम्म आवेदन बुझाउने मिति तोकेको छ । क्याम्पसले १६ भदौबाट पढाइ सुरु गर्नेछ ।  त्रिवि कार्यकारी परिषद्को २८ असारको निर्णयअनुसार व्यवस्थापन संकायका देशका विभिन्न २३ सामुदायिक क्याम्पसलाई स्वीकृति प्रदान गरेको थियो । 


यसमा अछामबाट सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसले अनुमति पाएको हो ।  क्याम्समा प्लस टु, स्नातक र शिक्षाशास्त्र संकायमा यसअघि पनि स्नातकोत्तरको पढाइ हुँदै आएको छ ।


एमबिएसको पढाइ सुरु गरिएसँगै स्नातक सकेर बसेका विद्यार्थी जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको क्याम्पसमा स्नातक सकेका झनक रावलले बताए ।