close

वराहक्षेत्रमा स्ट्रबेरीको लोभलाग्दो खेती

वराहक्षेत्रमा स्ट्रबेरीको लोभलाग्दो खेती

Trulli
ADVERTISEMENT

सुनसरी– सुनसरीको वराहक्षेत्रमा स्ट्रबेरी खेती विस्तार हुँदै गएको छ । भुइँ ऐँसेलुको नामले चिनिने यो फल पछिल्लो समय नेपालका विभिन्न स्थानमा व्यावसायिक रूपमै खेती सुरु गरिएको छ ।

 

स्थानीय ५ जनाको युवा समूहले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ सूर्यकुण्डमा समेत व्यावसायिक रूपमै यसको सुरु गरेको छ । लामो समय वैदेशिक रोजगारीको बसाइपछि स्वदेशमै केही गर्ने उद्देश्यले २ बिघामा स्ट्रेबरी खेती सुरु गरिएको उनीहरू बताउँछन् ।

 

पहाडी अनि भिरालो क्षेत्रमा लगाइने यो फलको आम्दानीसमेत राम्रो हुने गरेको छ । यसको खेती सफल पारेर एग्रो टुरिजमका लागि प्रयास गरिरहेको समूहमा आबद्ध अर्जुन कुलुङले बताए ।

 

३ वर्षअघि सुरु गरिएको स्ट्रेबरी उत्पादन अहिले बजारमा जान थालेको छ । उत्पादित स्ट्रबेरी झापा, मोरङ, सुनसरी र उदयपुरलगायत जिल्लामा पुग्ने गरेको छ ।
यस क्षेत्रमा लगाइएको स्ट्रबेरीकै कारण होमस्टेसमेत सञ्चालनमा ल्याइएको छ ।

 

नेपालमै व्यावसायिक रूपमा यसको खेती सुरु गरी भारत तथा तेस्रो मुलुकमा निर्यात सगैं कृषि पर्यटनको रूपमा विकास गर्न सकिने पर्यटन व्यवसायी वासुदेव बराल बताउँछन् ।

 

मुलुकभित्रै केही गर्ने सोच बनाएको युवा समूहलाई प्रदेश सकरकारले प्लास्टिकको टनेल बनाउन २३ लाख रुपैयाँ सहयोग गरेको छ । स्थानीय सरकार र समूहको लगानीबाट सुरु गरिएको स्ट्रबेरी खेतीले व्यवसायसँगै कृषि पर्यटनको सम्भावनासमेत बढाएको सर्वसाधारण बताउँछन् ।