close

नवलपुरको हुप्सेकोटमा बाढीले ३१ घर विस्थापित

नवलपुरको हुप्सेकोटमा बाढीले ३१ घर विस्थापित

Trulli
ADVERTISEMENT

नवलपुर– पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर वर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएका छन् भने ३१ घर विस्थापित भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ बाकखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी बस्तीमा रहेको जमिन भासिँदा ३ वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

 

त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घरसमेत जोखिममा रहेकाले प्रभावितलाई स्थानान्तरण गरिएको छ ।

 

उनीहरू सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर एवं सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्दार गरेर हुप्सेकोट वडा नम्बर १ जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गरिएको हो । केहीलाई गाउँमा पशु चौपाया स्याहार्न छाडिएको छ ।

 

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले खोलाले जमिन कटान गरेपछि बस्ती पूरै भासिँदै गएको, जमिन धजाधजा परेर फाटेका कारण बस्नै नमिल्ने गरी २ गाउँका ३१ घर विस्थापित भएको बताइन् । कतिपयका घर भत्किएको उनले जानकारी दिइन् ।