close

जोगियो संसद, देउवाले पाए विश्वासकाे मत 

जोगियो संसद, देउवाले पाए विश्वासकाे मत 

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट विश्वासकाे मत प्राप्त गरेका छन् । 


सर्वोच्च अदालतको परमादेशपछि सत्तारुढ नेकपा एमालेका माधव नेपाल खेमासमेतको सहयोगमा प्रधानमन्त्री नियुक्त भएका देउवाले १६५ मतसहित संसदको विश्वास जितेका छन् । देउवको विपक्षमा ८३ मत परेको छ । 


देउवालाई जसपा र एमालेकै माधव नेपाल खेमाका केही सांसदले साथ दिएपछि अलपमतमा रहेका देउवा अन्य दलको सहयोगमा विश्वासकाे मत पाउन सफल भएका हुन् । 


देउवाले विस्वासको मत पाएसँगै पाँच वर्षका लािग निर्वाचित सांसद पुरा अवधि चल्न पाउने भएको छ । 


एमाले अध्यक्ष केपी ओलीले संसद विघटनको सिफारिस गर्दै निर्वाचन घोषणा गरेकामा सवोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि नियुक्त भएका प्रधानमन्त्री देउवाले आज संसदमा विश्वासकाे मत मागेका हुन् ।


अब कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको एउटा खेमा र जनमोर्चा नेपालको गठबन्धनमा सरकारले संसदको बाँकी कार्यकालभर सत्ता सहयात्रा गर्नेछन् ।