close

प्रदेश ५ रहेन अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ

प्रदेश ५ रहेन अब, नाम लुम्बिनी, स्थायी राजधानी भालुवाङ

Trulli
ADVERTISEMENT

रुपन्देही- प्रदेश ५ को नामकरण लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो  ।

 

प्रस्तावको पक्षमा ७९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा चार परेको छ । प्रदेशसभामा रहेका ८७ मध्ये ८३ सांसद मतदानमा सहभागी भएका थिए ।

 

कांग्रेसका साबिक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने विपक्षमा मत हालेका थिए । एक जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन ।

 

प्रदेशसको स्थायी राजधानी तोक्ने सम्बन्धमा प्रदेश ५ को प्रदेशसभामा भएको मतदानमा नेपाली कांग्रेसका केही सभासदले पार्टी ह्वीप उल्लंघन गर्दै प्रदेश सरकारको प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

 

कांग्रेस संसदीय दलले सरकारले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी तोक्ने गरी राखेको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । पार्टीका मुख्य सचेतक सुरेन्द्र हमाल भने मतदानमा उपस्थित भएनन् ।

 

 

प्रदेश ५ सरकारले यस प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेश संसदमा गरेसँगै अस्थायी राजधानी रहेको बुटवल केही दिनदेखि तनावग्रस्त छ । उता, दाङवासी भने प्रदेश सरकारको उक्त प्रस्तावपछि दीपावलीसहित खुसी मनाइरहेका थिए ।

 

प्रदेश सरकारको यस प्रस्तावप्रति सत्तारुढ नेकपाकै सांसदहरु असन्तुष्ट थिए भने प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो ।

 

प्रदेश ५ संसदको यस निर्णयसँगै अब प्रदेश ५ को नामकरण र स्थायी राजधानीको टुंगो लागेको छ ।