close

धरानमा निःशुल्क अल्ट्रासाउन्ड शिविर, ९५ जनाको परीक्षण

धरानमा निःशुल्क अल्ट्रासाउन्ड शिविर, ९५ जनाको परीक्षण

Trulli
ADVERTISEMENT

सुनसरी- धरान उपमहानगर वडा नम्बर १७ स्थित असारे बस्तीका बासिन्दालाई लक्षित गरेर शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।  लायन्स र लियो क्लब अफ धरान विजयपुर एवं लायन्स क्लब अफ धरान गौतम बुद्धको संयुक्त आयोजनामा स्वास्थ्य शिविर आयोजना गरिएको हो । 


सयपत्री बालविकास केन्द्रमा आयोजित शिविरमा अल्ट्रासाउन्डमार्फत पत्थरी, मिर्गाैला, मुटु, प्रोस्टेड तथा अन्य स्वास्थ्य समस्या जाँच गरिएको आयोजकले जनाएको छ ।  शिविरमा स्थानीय ९५ जनाको स्वास्थ्य जाँच निःशुल्क गरिएको लायन्स क्लब अफ धरान गौतम बुद्धका अध्यक्ष विकास भाटीले बताए । 


शिविरमा कीर्तिपुर हस्पिटल काठमाडौंबाट आएका रेडियोलोजिस्ट डा. विश्व डंगोलले स्थानीयको स्वास्थ्य परीक्षण गरेका थिए । डा. डंगोल आफ्नी आमा सुजाता श्रेष्ठ आबद्ध रहेको संस्था लाइन्स क्लबको व्यवस्थापनमा आयोजित शिविरका लागि धरान आएका थिए । 

 

परीक्षण गरिएकामध्ये धेरैलाई पत्थरी, फ्याटिलिभर, प्रोस्टेड, मासु पलाएको सिस्ट देखा परेको डा. डंगोलले बताए । उक्त शिविरमा ग्यालेक्सी डायगोनिस्ट सेन्टर धरान वडा नम्बर १८ का प्रोप्राइटर एवं लायन नवीन घिमिरेले बिरामीलाई अन्य जाँचमा ३५ प्रतिशत छुट व्यवस्था गरिदिएका थिए । 

 

कार्यक्रममा लायन्सका ३२५ए वानका द्वितीय उपाध्यक्ष नरनाथ सापकोटा, जिल्ला कोषाध्यक्ष कोमल शाक्य, लायन्स क्लब अफ विजयपुरका अध्यक्ष सकुन्तला भुसाल, समाजसेवी मीना पुलामी, गौरीशंकर अग्रवाल, धीरज गुरुङ, रेखा गुरुङ, बलराम मानन्धर, चित्रकुमारी राई, टंककुमारी गुरुङ, सुजाता श्रेष्ठ, कविता लिम्बू, कवीरभगत प्रधानांग, रुक्मणि मास्के, मानभगत चाम्लिङ, आभा सुवाललगायत थिए ।