close

१४ डोज खोप कसलाई लगाउनु ? (भिडियो वार्ता)

१४ डोज खोप कसलाई लगाउनु ? (भिडियो वार्ता)

ADVERTISEMENT

लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालसँग पालिका खबर बुलेटिनका लागि करिस्मा कार्कीले  पालिकाको बजेट, प्राकृतिक विपत्तिसँग जुध्न पालिकाले बनाएको रणनीति, जनप्रतिनिधिको चारवर्षे समीक्षालगायतका विषयमा गरेको कुराकानी: 


नागरिक यतिबेला बाढी पहिरोको कहरमा छन् ? हरेक वर्ष पुर्व सर्तकताका कुरा हुन्छन् तर क्षति भएरै छाड्छ । पूर्व सर्तकर्तामा ध्यान नगएको कि विपत्तिसँग जुध्न नसकेको हो ?

यो नगरपालिकाभित्र बाढी पहिरोको प्रकोप ब्यापक छ । मर्स्याङ्दी र दोर्दी नदीका कारण जमिन कटान भएका छन् । केही घर भत्किएका छन् । त्यो रोक्न हामीले विपद् व्यवस्थापन समितिबाट निर्णय गरेर विपद् रोक्ने प्रयत्न गरिरहेका छौँ । हामी भूकम्प, प्राकृतिक विपद्बाट पनि प्रभावित छौँ । त्यसलाई रोक्न हामी लागिपरेका छौँ । पूर्व तयारी गरिरहेका छौँ । 


विपत्तिसँगै कोरोनाको कहर पनि छ । खोप लगाउने क्रम पनि सुरु भएको छ । पालिकावासीको खोपको पहुँच र सुनिश्चितताका लागि के गर्दै हुनुहुन्छ ? 

अन्य जिल्लमा जस्तै यहाँ पनि खोप लगाउने काम भएको छ । तर, न्यून छ । एउटा वडामा १४ वटासम्म खोप आएका छन् । जसले गर्दा जनताले खोप लगाउन पाएका छैनन् । उनीहरू आक्रोशित छन् । यदि खोप नेपाल सरकारले खरिद गरेर खोप दिएन भने हामीले नगरपालिकाबाट खरिद गरेर खोप खरिद गर्ने निर्णय पनि गरेका छौँ । 

 

बजेट ल्याउनुभएको छ । तपाईको कार्यकालको अन्तिम बजेट भएकालेपनि जनताले नजिकवाट पर्खिरहेका थिए । यसपटक कुन क्षेत्र प्राथमिकतामा छन् र कस्ता क्षेत्रमा कति बजेट परेका छन् ? 

आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, सुशासनका क्षेत्रमा बजेट विनियोजन गरेका छौँ । सामाजिक विकासमा विशेष जोड दिएका छौा । ४२. ८३ प्रतिशत रकम विनियोजन गरेका छौँ । जसभित्र स्वास्थ्य, शिक्षा, खानेपानी, समावेशीकरणमा न्यायका कुरामा हामीले जोड दिएका छौँ । दोस्रोमा भौतिक पूर्वाधार विकासमा हामीले २५.२० प्रतिशत रकम विनियोजन गरेका छौँ । आर्थिक विकासमा १३. ६६ प्रतिशत बजेट विनियोजन भएको छ भने वातावरण विकासमा १.८३ र सेवा प्रवाहमा १६. ५३ प्रतिशत बजेट विनियोजन गरेका छौँ । 


नीति तथा कार्यक्रम र बजेटमार्फत थुप्रै क्षेत्रमा कर छुट दिने भन्नु भएको छ । यसले जनताले राहत त पाए तर तपाईहरुले आकलन गरेको आन्तरिक आय श्रोतको लक्ष्य कसरी भेट्नुहुन्छ ? 

 

आन्तरिक श्रोत वृद्धि गरेका छौँ । करको दर बढाएका छैनौँ । करको दायरा बढाएका छौँ । ४ करोड ५० लाख हाम्रो अनुमान छ । त्यसैले चाहिँ करबाट केही पैसा उठ्छ । प्रदेश र संघ सरकारले दिने अनुदानबाट ७२ करोडको बजेट बनाएका छौँ । 


अन्तिम वर्षको बजेट र कार्यक्रम आउदासम्म स्थानीय जनतालाई उद्यमशील बनाउने योजना त केही देखिएन । प्रधानमन्त्री रोजगार कार्यक्रमकै भरमा जनता समृद्ध हुने त होइनन् होला ? साना र मझौला उद्योगको प्रर्वद्धन र लगानीकर्ता आकर्षण गर्ने कार्यक्रम किन ल्याउन सक्नु भएन ?

हामीले अहिलेसम्म धेरै काम गरेका छौँ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पहिलो वर्षको तुलनामा हुन सकेन । स्थानीय मान्छेले नै काम गर्ने भएकाले सबै काम हुन सकेन । जहाँजहाँ उनीहरूले काम गर्न पाए कार्यक्रम अन्तर्गत काम भएपनि अरुमा हुन सकेन । तर, हामीले तालिम दिएका छौँ । ७३ जनालाई प्राविधिक शिक्षा दियौँ । 


अन्तमा सदरमुकामकै पालिका भएकाले सडक संजाल त तपाईहरुको प्राथमिकतामा कम परेको होला, खानेपानीलागयतका समस्यामा कसरी काम गर्दै हुनुहुन्छ ? 

खानेपानीमा पनि राम्रो सम्बोधन गरेका छौँ । हामीले एक घर, एक धारा कार्यक्रम लागु गरेका छौँ । विभिन्न वडामा ९० प्रतिशतको रूपमा खानेपानी योजना सफल भएको छ ।