close

ताप्लीमा ककनी खानेपानी योजना निर्माणपछि घरआँगनमै पानीका धारा

ताप्लीमा ककनी खानेपानी योजना निर्माणपछि घरआँगनमै पानीका धारा

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा सञ्चालित ककनी खानेपानी योजना निर्माण सम्पन्न भएको छ । 

 

ताप्ली गाउँपालिका वडा नम्बर १ मादलेमा निर्माण भएको ककनी खानेपानी योजना २०७४ देखि निरन्तर रूपमा क्रमागत बहुवर्षीय योजनाअन्तर्गत संसदीय विकास कोषको बजेटबाट निर्माण भएको हो । 

 

क्रमागत रूपमा चलिरहेको निर्माणाधीन खानेपानी योजना आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न भएका हो । पहिलो आर्थिक वर्षमा पाइप लाइन र रिजर्भ ट्यांकीलाई जोड दिएर काम गरिएको थियो ।

 

ककनी खानेपानी योजनाले १ नम्बर वडाका ८४ घरधुरी परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने खानेपानी उपभोक्ता समितिका सचिव समिप राईले बताए ।
खानेपानी योजनामा पाइप लाइन, ट्यांकी, क्रसिङ र डिसी च्याम्बरलगायतको काम यो आर्थिक वर्षमा सम्पन्न भएको उनको भनाइ छ ।

 

१७ लाख ५७ हजार ९ सय २० रुपैयाँ बराबरको खानेपानी योजना सम्पन्न भएको हो । योजनाको बजेट १५ लाख र जनश्रमदानबाट २ लाख ५७ हजार ९ सय २० गरी १७ लाख ५७ हजार ९ सय २० रुपैयाँ लागतमा निर्माण सम्पन्न भएका हुन् ।

 

संसदीय विकास कोषको क्रमागत योजना भएकाले अघि आर्थिक वर्ष संसद् विघटनका कारण बजेट नआएकाले गर्दा योजना सम्पन्न गर्न समस्या भएको सचिव राईको भनाइ छ । 

 

गाउँमा खानेपानी आए पनि पूर्ण रूपमा सम्पन्न गर्न अझै ३० लाख रुपैयाँ लाग्ने सचिव राईले बताए । गाउँमा खानेपानी योजना सञ्चालनपछि ८४ घरधुरीका ४ सय २० जनाले स्वच्छ खानेपानी पाएका छन् ।