close

कोसीका मलाहालाई जाल, बाँदरले पार्‍याे बेहाल (भिडियो खबर)

कोसीका मलाहालाई जाल, बाँदरले पार्‍याे बेहाल (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, रकम सहयोग गर्नेहरू बढ्दै ।

 

२) सुनसरीको कोसी गाउँपालिकाले मलाहा समुदायलाई माछा मारेर जीविकोपार्जन गर्न जाल वितरण गर्‍यो, पालिकाले जाल दिएपछि मलाहा समुदाय दंग ।


३) गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई दिए बधाई, भेटका क्रममा जनप्रतिनिधिले स्थानीय सरकारसँग सम्बन्धित विविध सवालमा मन्त्री शर्मालाई ध्यानार्षण गराए ।

 

४) एसइईको नतिजा अगावै विद्यालयले भर्ना लिन थालेपछि चितवनको भरतपुर महानगरले विद्यालयमा अनुगमन गर्‍यो, नतिजापूर्व भर्ना लिएमा महानगरले विद्यालयलाई कारबाही गर्ने ।


५) उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ मा नवनिर्मित प्रसूति सेवा भवनको नगरप्रमुख बलदेव चौधरीले गरे उद्घाटन, जनतासँग मेयर कार्यक्रमअन्तर्गत ३३ लाख रुपैयाँमा भवन निर्माण ।

 

६) अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको चामे झोलुंगे पुल बगायो, स्थानीयलाई आवतजावतमा कठिनाइ ।

 

७) कोरोना संक्रमण नियन्त्रण गर्न झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल, पालिकाले कोरोना परीक्षणको दायरा बढायो ।

 

८) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलन गर्न सुरु गर्‍यो, नगरबासीले अब घरबाटै कर तिर्न सक्ने ।

 

९) उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ मा सञ्चालित ककनी खानेपानी योजना निर्माण सम्पन्न, ८४ घरधुरी परिवारलाई स्वच्छ खानेपानी उपलब्ध हुने ।

 

१०) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

११) बालीनाली नष्ट गरेपछि बाँदर नियन्त्रणका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ मा बाँदर धपाऔँ अभियान सुरु, वडाले हरेक घरधुरीलाई कुकुर लिएर आउन अनुरोध गर्‍यो ।

 

१२) कैलालीको घोडाघोडी नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न, बैठकले गर्‍यो विभिन्न महत्वपूर्ण निर्णय ।

 

१३) कञ्चनपुरको भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा प्रसूति सेवा केन्द्र सञ्चालन, नगरप्रमुख सुरेन्द्र विष्टले गरे केन्द्रको उद्घाटन ।

 

१४) खहरे खोलाको निकास नहुँदा उदयपुरको बेलका नगरपालिका वडा नम्बर २ का अधिकांश बस्ती डुबानमा, निर्माणको चरणमा रहेको रामपुर आम्बासी सडकमा समेत क्षति ।


१५) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ६ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्‍यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग ।