close

धरान उपमहानगरले बाँड्यो अशक्तलाई ह्विल चियर

धरान उपमहानगरले बाँड्यो अशक्तलाई ह्विल चियर

Trulli
ADVERTISEMENT

सुनसरी(धरान)- सुनसरीको धरानमा शारीरिक रूपमा अशक्त व्यक्तिलाई ह्विल चियरसहित आवश्यक सामग्री वितरण गरिएको छ । धरान उपमहानगरको सामाजिक विकास महाशाखाका अनुसार शारीरिक रूपमा अशक्तलाई ह्विल चियर, बैसाखी, ट्वाइलेट ह्विल चियर, एल स्टिक, हियरिङ एड वितरण गरेको हो ।


उक्त सामग्री धरान उपमहानगरको सभाहलमा मेयर तिलक राईले वितरण ती सामग्री वितरण गरेका थिए । मेयर राईले अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत प्रदेश सरकार, धरान उपमहानगर र करुणा फाउन्डेसनको संयुक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताए ।


धरानमा रहेका शारीरिक रूपमा अशक्तलाई उनीहरूकै मागअनुसार भौतिक सामग्री वितरण गरिएको हो । मेयर राईले भने, ‘यदि तपार्इंको छिमेकमा आफन्त, कोही छुटेको छ भने पनि उनीहरूलाई पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । यो कार्यक्रम तपाईंहरूकै लागि ल्याइएको हो । अधिकार पाउनबाट कोही पनि वञ्चित नहुनुस् ।’


अपांगताका कारण बिरामी भएकालाई उपचारका लागि वडा-वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरलाई खटाइने मेयर राईले जानकारी दिए । धरानमा कोरोना संक्रमण दर बढिरहेकाले पुनः निषेधाज्ञा लगाउनुपर्ने अवस्था आउन सक्नेतर्फ उनले सचेत गराए । 

 

‘शारीरिक अपांगता भएकाका लागि भ्याक्सिन पनि आउँदै छ । सूचना जारी गर्छौं । भ्याक्सिन लगाउन कोही पनि नछुट्नुहोला । भ्याक्सिन लगाउने केन्द्र तोकेर हामी तपाईंहरूलाई खबर गर्छौं’, मेयर राईले भने । उपमहानगर सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले ५६ जनालाई ह्विल चियर, ट्वाइलेट ह्विल चियर ५ जनालाई, एल स्टिक ५६ जना र हियरिङ एड ५ जनालाई वितरण गरिएको जानकारी दिइन् । 


सामाजिक विकास महाशाखाका अनुसार धरानमा करिब १२ सय हाराहारी अशक्त व्यक्ति रहेको तथ्यांक छ । केही दिनअघि मात्र उनीहरूलाई क वर्ग रातो, ख वर्ग नीलो, ग वर्ग पहेँलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको थियो ।