close

नगरपालिका संघको बैठक: प्राप्त अधिकार प्रयोग गर्न थप क्रियाशील हुने निर्णय

नगरपालिका संघको बैठक: प्राप्त अधिकार प्रयोग गर्न थप क्रियाशील हुने निर्णय

Trulli
ADVERTISEMENT


काठमाडौं- नेपाल नगरपालिका संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । बैठकमा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ प्रगति प्रतिवेदन सामान्य सुझावसहित सर्वसम्मत पारित भएको छ ।


संघको चालू आर्थिक वर्ष २०७८÷८९ को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरी नगरपालिकाहरूलाई संविधान प्रदत्त अधिकार र जिम्मेवारी वहन गर्न अझ सक्रियताका साथ सहयोग र सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।


संघको संस्थागत सुदृढीकरण गर्न संघको नाममा रहेको कमेरेटार जग्गा एकीकरण आयोजनाभित्रको जग्गामा प्रशासनिक भवन निर्माणका लागि नगरपालिका, केन्द्रर तथा प्रदेश सरकार एवं दातृ निकायसँग पहल गरिने भएको छ ।


हालै संघीय सरकारले प्रस्तुत गरेको बजेटमा प्रारम्भिक बालविकास शिक्षाअन्तर्गतका शिक्षकको तलब वृद्धि उपयुक्त रहेको तर स्थानीय सरकारको एकल अधिकारभित्रका विषयमा संघको एकल निर्णयबाट सिर्जित आर्थिक दायित्व केन्द्रले बेहोर्नुपर्ने र कार्यान्वयन नभए आवश्यक कानुनी प्रक्रियमा जान बाध्य हुने चेतावनी बैठकले दिएको छ ।


बैठकले अस्पतालमा उपचाररत पोखरा महानगर प्रमुख मानबहादुर जिसीको स्वास्थलाभको कामना गरेको छ । 


हालैको बाढीपहिरोबाट मेलम्ची नगरपालिकालगायत नेपालभरका विभिन्न स्थानीय सरकारमा भएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै केन्द्र, प्रदेश सरकारलगायत दातृ निकायलाई पुनःस्थापनाका लािग आवश्यकपहल र सहयोग गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । 


उक्त कार्यमा ऐक्यबद्धता जनाएर सहयोग र सहकार्य गर्न संघले नगरपालिकाहरूलाई आग्रह गरेको छ ।