close

'घुमन्ते' बजेट काटेर कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत

'घुमन्ते' बजेट काटेर कोरोनाबाट ज्यान गुमाएका परिवारलाई राहत

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ ले कोरोना महामारीको दोस्रो लहरले ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँका दरले राहत वितरण गरेको छ । 


वडा नम्बर ८ का जनप्रतिनिधिको अध्ययन अवलोकन भ्रमण शीर्षकमा छुट्याइएको रकमबाट कोरोनाले मृत्यु भएका परिवारका सदस्यलाई रकम वितरण गरेको हो । 


यो वडामा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका थिए । मृतक परिवारको सदस्यको शिक्षादीक्षामा खर्चने गरी उक्त रकम दिइएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।


सबैलाई बैंक खातामार्फत रकम पठाएको उनले जानकारी दिए । ‘कोरोना कहरले नागरिकलाई आक्रान्त बनाइरहेका बेला अध्ययन भ्रमणमा जानु उचित ठानेनौँ । थोरै भए पनि राहत हुने भएकाले कोरोनाले सदस्य गुमाएका परिवारको राहतमा खर्चियौँ’, उनले भने । 


अनुगमन अध्ययन भ्रमण शीर्षकमा वडाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । पशुधन सुरक्षणमा शीर्षकबाट बचत ५० हजार गरी २ लाख रुपैयाँ वितरण गरिएको हो । 


कोरोना नियन्त्रणमा यहाँका जनप्रतिनिधिले नागरिककोे मन जित्न सफल भएका छन् । दोस्रो लहरले आक्रान्त बनाएका बेला जनप्रतिनिधि कोरोना संक्रमितको आत्मबल बढाउन घर–घरै पुग्ने गरेका थिए । 


जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य सामग्री र पौस्टिक आहार बाँड्ने गरिएको थियो । स्वास्थ्यकर्मीलाई स्वयंसेवी समूह गठन गरेर संक्रमितको हेरचाहमा खटाइएको थियोे ।