close

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

Trulli
ADVERTISEMENT

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा बिहीबार संयुक्त विद्यार्थी संगठनले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । क्याम्पसलाई दिएको १८ बुँदे मागप्रति प्रशासन उदासीन रहेकोे भन्दै ती संगठनले ताला लगाइदिएका हुन् । 


विद्यार्थीको जायज माग सम्बोधन गर्ने मागसहित विश्वविद्यालयको केन्द्रीय कार्यालय, भिसी कार्यालय, रजिस्ट्रार कार्यालय, सम्पूर्ण डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकायमा अनिश्चितकालीन तालाबन्दी गरिएको अनेरास्ववियु (क्रान्तिकारी) की नेतृ ममता अधिकारीले बताइन् । 


उनका अनुसार विद्यार्थीले उठाएका माग उचित रहे पनि विश्वविद्यालयले बेवास्ता गरेको छ । विश्वविद्यालय प्रशासनले विद्यार्थीका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गरिने उनको भनाइ छ ।


केही दिनअघि संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका भिसीको पुत्ला दहन गरेको थियो । विश्वविद्यालयमा तालाबन्दी गर्न विभिन्न पार्टीका विद्यार्थी संगठनका विद्यार्थी नेताहरूको बाक्लो उपस्थिति थियो ।