close

महाराजगन्ज स्वास्थ्य केन्द्रमा अल्ट्रा साउन्ड सेवा 

महाराजगन्ज स्वास्थ्य केन्द्रमा अल्ट्रा साउन्ड सेवा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक अल्ट्रासाउन्ड (भिडियो एक्सरे) सेवा सञ्चालनमा आएको छ । 


लुम्बिनी प्रदेश सरकारले उपकरण र तालिम प्राप्त प्राविधिक व्यवस्थापन गरेपछि केन्द्रमा सेवा थप भएको छ ।


गर्भवती आमाप्रति लक्षित गर्दै हाल भिडियो एक्सरेको माध्यमबाट गर्भ जाँचका लागि सेवा प्रयोग हुने महाराजगन्ज नगरप्रमुख अब्दुल कलामले बताए ।


२०५७ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्तरोन्नति भएको थियो । स्तरोन्नति भएको पहिलो वर्षमै चिकित्सकविहीन केन्द्रमा गत वैशाखदेखि चिकित्सक राखिएको थियो ।


कोभिडको उपचारका लागि पालिकाले चिकित्सकको व्यवस्थापन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले बताए ।


दुई जना चिकित्सकको दरबन्दी भए पनी केन्द्र लामो समयदेखि चिकित्सकविहीन भएको थियो । 


सेवा सञ्चालनका लागि प्रदेश सरकारले उपकरणसँगै एक जना अनमीलाई १ महिने तालिमसमेत दिएको छ । तालिम प्राप्त अनमी पदमाकुमारी रानालाई सेवा सञ्चालनमा खटाइएको छ । 


सेवा सञ्चालनपछि गर्भ जाँचका लागि तौलिहवा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल जाने बाध्यता अन्त्य भएको अस्पतालका चिकित्सक डा। फैजल खानले जानकारी दिए ।