close

कोरोना नियन्त्रण नभएपछि अनुगमनमा निस्कियो धरान

कोरोना नियन्त्रण नभएपछि अनुगमनमा निस्कियो धरान

Trulli
ADVERTISEMENT

सुनसरी(धरान)- सुनसरीको धरान उपमहानगरमा कोभिड–१९ संक्रमण तीव्र भएपछि यसलाई रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भीडभाड हुने स्थान र कोरोना संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ । 


बिहीबार उपमहानगरमा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठकले पछिल्लो समय धरानमा कोरोना संक्रमण दैनिक वृद्धि हुँदै गएको कारण यस्तो निर्णय गरेको हो ।


उपमहानगर परिसरमा शुक्रबार भएको भेलाले संयुक्त रूपमा धरानका भीडभाड हुने स्थान बजार तथा मुख्य चोकमा अनुगमन गर्ने निर्णय गरेको हो ।


शुक्रबारदेखि कोरोना महामारी नियन्त्रणका लागि माइकिङ गर्न थालिएको छ भने मास्क अनिवार्य लगाउने कार्यक्रमसहित सचेतना अभियान चलाइने निर्णय भएको छ ।


यस्तै, भानुचोकलगायत धरानका मुख्य चोकमा निजी सवारी साधनलाई पार्किङ गर्न नदिने निर्णय भएको छ । मेयर राईले पछिल्लो समय धरानमा कोरोना संक्रमण दर भयावह बन्दै गएको बताए ।


२–४ दिनपछि पनि स्थिति नसुध्रिए फेरि सर्वपक्षीय छलफल बसेर थप कडाइका साथ निषेधाज्ञा लगाउन बाध्य हुने उनको भनाइ छ ।


बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी महाशाखा प्रमुखको उपस्थित थिए ।