close

सडक छ, सिंचाइ छ, के छैन ? भन्नुस् न ! (भिडियो वार्ता)

सडक छ, सिंचाइ छ, के छैन ? भन्नुस् न ! (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

लमजुङको राइनास नगरपालिका प्रमुख सिंह बहादुर थापासँग पालिकाखबर बुलेटिनको पालिका टकका लागि करिष्मा कार्कीले पालिकाको बजेट, कृषि र पर्यटनमा पालिकाले गरेको प्रगति, शिक्षा र स्वास्थ्यमा पालिकाको लगानी र प्रतिफललगायतका विषयमा गरेको कुराकानी :

 

कार्यकालको अन्तिम बजेट ल्याइसक्नुभएको छ । यसपटक तपाईहरुका प्राथमिकता के छन्, नयाँ कस्ता कार्यक्रम समेट्नुभएको छ ? 

राइनास नगरपालिकामा हामी निर्वाचित भएर आएको चार वर्ष भयो । यो कार्यकालमा हामीले धेरै काम गरेका छौँ । नगरपालिकाको भौतिक पूर्वाधार क्षेत्रमा यो नगरपालिका घोषणा भएता पनि बाटो कालोपत्रे भएको थिएन । हामीले ३५ किलोमिटर बाटो पिच गर्यौँ ।

 

चक्रपथ निर्माण गर्ने योजना अनुसार ५७ किलोमिटर मध्ये ३५ किलोमिटर स्त्तरोन्नती भइसकेको छ । बाँकी पनि टेन्डरमार्फत अघि बढेको छ । लिंक रोड बनाउने काम पनि हामीले गरेका छौ । दुई ठूला सिँचाई आयोजना अघि बढाएका छौँ । १० मध्ये ७ वडा सिंचित गर्छ । यो आयोजनालाई पुनर्निर्माण गर्ने योजना अघि बढाएका छौँ । र, यो अहिले नगरपालिकाको तल्लो भेग जहाँ समथर भेग छ, त्यहाँ सिँचाई भएको छ । एक घर एक टनेल, कृषि यान्त्रिकरण पनि अघि बढाएका छौँ । 


बजेटमा नयाँ कस्ता कार्यक्रम समेट्नुभएको छ ? 

नयाँ बजेटमा आवधिक योजना अुनसार नै बजेट व्यवस्था गरेका छौा । नगरपालिकाको विगतको बजेटमा संघ र प्रदेशको अनुदान कम आएकाले पनि यसपटक बजेट बनाएका छौँ । उत्पादन कृषि क्षेत्र, पूर्वाधार क्षेत्र, शैक्षिक क्षेत्रलाई परिस्कृत गर्न खोजेका छौँ । 


गतवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राख्नुभएको थियो । यसपटक पनि निरन्तरता पाएको देखिन्छ । नगरको प्राथमिकतामा परेको यो क्षेत्रवाट पालिकावासी कति आतमनिर्भर बने ? 

यो नगरपालिका कृषिमा आत्मनिर्भर भएको पालिका हो । यहाँ दुई ठूला सिँँचाइ आयोजना भएकाले कृषिमा निकै जोड दिएका छौा । हामीले सबै घरमा टनेल निर्माण गर्ने, उत्पादनमा कृषक जोड्ने, कृषि यान्त्रिकरण गर्ने, सशर्त र निशर्त गरेर कृषिमा जोड दिएका छौँ । विदेशबाट फर्किएका युवालाई कृषि फर्म सञ्चालन गरेका छन् । भैँसी फार्म, बाख्र्रा फार्म, कुखुरा फार्म, तरकारीका लागि धेरै कार्यक्रम गरेर अघि बढेका छन् । पर्यटनका कार्यक्रम अघि बढेका छन् । त्यही अनुसार कृषि विकासमाफर्त हामीले सहयोग र सहकार्य गरिरहेका छौँ । 


अलिकति न्यायमा पहुँचको कुरा गरौं, हालसम्म पालिकाको न्यायिक समितिबाट कतिले न्याय पाए? कानुन निर्माणको अवस्था कस्तो छ पालिकाको ? 

पालिकामा न्यायिक समितिमा उपप्रमुखको अध्यक्षतामा हुने गरेको छ । २ सय भन्दा माथि न्यायिक समितिमा उजुरी परेको थियो र सबै फस्र्यौट भएको छ । हामीले मेलमिलापकर्ता उत्पादन गरेका छौँ । उजुरी लिएर आएकालाई व्यवस्थित रुपमा छलफल गर्ने, कानूनी सल्लाहकार मार्फत मेलमिलाप गरेर पठाउने गरेका छौा । यहाँबाट हेर्न नमिल्ने उजुरी जिल्लामा पठाएका छौँ । कानून निर्माणको कुरा गर्ने हो भने ७७÷७८ वटा कानून पास गर्यौँ । केन्द्र र प्रदेशसँग कानून नबाँझिने गरी र कतिपय उतैबाट पारित भएर आएका कानूनलाई पास गरेका छौँ । आन्तरिक आयलाई पनि अघि बढाएका छौँ । 


अन्तमा, कोरोना त्रासका वीच जनताको स्वास्थ्य रक्षा गर्ने र शिक्षणा संस्था संचालन र नियमित गर्ने विषयमा के काम गरिरहुनभएको छ बताइदिनुस न । 

यो दोस्रो भेरियन्ट आउँदा पनि विद्यालयको परीक्षा सञ्चालन गर्न प्रधानाध्यापक, शिक्षकको समिति बनाएर छलफल गर्यौँ । नगरपालिका स्तरको परीक्षा लियौँ । कोरोनाले यहाँ पनि असर गर्यो । केही अझै संक्रमित छन् । विद्यालय त्यसैले सञ्चालन गरेका छौा । अनलाइन कक्षा सञ्चालन गर्न अनुरोध गरे अनुसार कक्षा सञ्चालन भइरहेको छ ।