close

काठेखोलाले सार्वजनिक गर्‍याे डिजिटल प्रोफाइल

काठेखोलाले सार्वजनिक गर्‍याे डिजिटल प्रोफाइल

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक डिजिटल गाउँ प्रोफाइल तयार पारेको छ ।

 

गाउँपालिकाभरिको तथ्यांकसहित व्यक्तिगत अवस्थासमेत थाहा पाउने गरी प्रोफाइल तयार गरिएको अध्यक्ष अमर थापाले बताए ।


फोरजी इन्जिनियरिङ कन्सल्टेन्सीले झन्डै ६ महिना लगाएर प्रत्येक घरघरमा पुगेर तथ्यांक संकलन गरेपछि यो प्रोफाइल तयार भएको थियो ।


बिहीबार गाउँपालिका अध्यक्ष थापाले प्रोफाइलको शुभारम्भ गरे । अब हरेक नागरिक र सरोकारवालाले देश–विदेशमा बसेर आफ्नो घरपरिवारको जानकारी लिन सक्नेछन् । 


हाल छुटेका तथ्यांक अपडेट गर्ने, पञ्जीकरणका सूचक थपघट गर्ने अधिकार भने वडा कार्यालयलाई दिने तयारी छ । 


त्यसका लािग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा सचिवलाई सूचना अपडेट गर्ने अधिकार दिइने बताइएको छ । तथ्यांकमा पालिकाभरका सबै घरको वास्तविक अवस्था देखाइएको छ ।