close

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ जना नयाँ मन्त्री नियुक्त

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, ६ जना नयाँ मन्त्री नियुक्त

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेशको मन्त्रीमण्डल १ महिनापछि पूर्ण भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ६ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् ।


कांग्रेसले मुख्यमन्त्री सहित ५ मन्त्रालय पाएको छ भने माओवादीले ४, जनता समाजवादीले १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एउटा मन्त्रालयको जिम्मेवारी पाएका छन् । 


कांग्रेसले भौतिक पूर्वाधारमा कुमार खड्कालाई पठाएको छ । यसअघि उनी सामाजिक विकासमन्त्री थिए । उनले छाडेको सामाजिकमा कांग्रेसकै मेखलाल श्रेष्ठ नियुक्त भएका छन् ।


मणिभद्र शर्मालाई पर्यटन मन्त्रालय र बिन्दुकुमार थापालाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 


अर्थ मन्त्रालयसहित सरकारमा गएको माओवादीले दलका उपनेता रामजी बराललाई अर्थको जिम्मेवारी दिएको छ । चन्द्रबहादुर बुढा कृषिमन्त्री बने भने दीपक थापा वनमन्त्री बनेका छन् ।


माओवादीबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ खुवाइन् । 


गण्डकीमा जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मा पाएका छन् । मनाङेले तेस्रो पटक युवा तथा खेलकुदमन्त्री सम्हालेका छन् ।