close

कृषकलाई पालिकाको साथ, जताततै कोरोनाको त्रास (भिडियो खबर)

कृषकलाई पालिकाको साथ, जताततै कोरोनाको त्रास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले टोलटोलमा मेयर कार्यक्रमअन्तर्गत वडा नम्बर ८ का स्थानीयसँग विकास निर्माणबारे छलफल गर्‍यो, वडामा नयाँ योजना थप गर्न स्थानीयको माग ।

 

२) कोरोना नियन्त्रण नभएपछि अनुगमनमा निस्कियो सुनसरीको धरान उपमहानगरपालिका, मास्क अनिवार्य लगाउने कार्यक्रमसहित सचेतना अभियान चलाइने ।

 

३) काठमाडौंको टोखा नगरपालिकाद्वारा मेयर उज्यालो कार्यक्रमअन्तर्गत वडा नम्बर १ को झोरदेखि मालुङसम्मको सडकमा बत्ती जडान, रातीको समय सडक भए झलमल्ल ।

 

४) कोरोना संक्रमित बढेपछि झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ ले शनिश्चरे बजार बन्द गर्‍यो, समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गएपछि बुद्धशान्ति गाउँपालिका पनि सिल ।

 

५) मकवानपुरको थाहा नगरपालिकाले कृषक तथा कृषक समूहलाई ५० प्रतिशत अनुदानमा जै घाँसको बिउ वितरण गर्ने, बिउ लिन इच्छुकले अनुदान रकम पालिकामा १८ साउनभित्र बुझाउनुपर्ने ।

 

६) कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सेवा सञ्चालनमा ल्यायो, प्रदेश सरकारले उपकरण र प्राविधिक व्यवस्थापन गरिदियो ।

 

७) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी  तथा च्याउ खेती गर्ने कृषकलाई अनुदानको चेक हस्तान्तरण, रकम पाउदा कृषक दंग 

 

८) कञ्चनपुरको भीमदत्त नगरपालिकाको आयोजनामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि समुदाय परिचालनमा आधारित क्रियाकलाप र पालिका स्तरीय परिचयात्मक गोष्ठी सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता ।

 

९) नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अनलाइन घटना दर्ता सुरु, पालिकाबासीलाई सहज ।

 

१०) बाराको प्रसौनी गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिला समूहका लागि  गुडिया बनाउने तालिम सम्पन्न, गुडिया बनाउने सामग्री पनि प्रदान ।

 

११) चिवतनको भरतपुर महानगरपालिकाको बारुणयन्त्र इकाइलाई युएनडीपीको सहरी विपद् पूर्वतयारी परियोजनाले दियो विभिन्न अग्नि नियन्त्रण सामग्री, आपतकालीन बेला क्षति न्यूनीकरणमा सहयोग पुग्ने ।

 

१२) निषेधाज्ञा खुकुलो भएसँगै इलाममा कोरोना संक्रमित बढ्न थाले, देउमाई नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो ।

 

१३) धनकुटाको पाख्रीबास नगरपालिकाद्वारा विभिन्न टोलका खेलाडीलाई खेल सामग्री प्रदान, वडा नम्बर ४ मा टोल स्तरीय पुरुष फुटबल प्रतियोगिता पनि सुरु ।

 

१४) दाङको घोराही उपमहानगरपालिकाले गत आर्थिक वर्षको वार्षिक प्रगतिबारे समीक्षा गर्‍यो, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता ।

 

१५) जिल्ला समन्वय समिति काठमाडौं र नागार्जुन नगरपालिकाको लागत साझेदारीमा नगरपालिकाको भवन निर्माण हुँदै, जनप्रतिनिधिसहितको टोलीले गर्‍यो अनुगमन ।

 

१६) कोरोना महामारीमा स्थानीय तहले गरेका काम र जनस्वास्थ्यसम्बन्धी विषयमा जानकारी लिन संघीय स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको विशेष टोली रुपन्देहीमा, पालिकाहरूले कोरोना महामारीविरुद्ध सञ्चालन गरेका अभियान प्रशंसनीय  रहेको निष्कर्ष ।

 

१७) ताप्लेजुङको सिरिजंगा गाउँपालिका कोरोना संक्रमणमुक्त, ९ स्थानीय तहमध्ये सिरिजंगामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयको विवरण सार्वजनिक ।

 

१८) धनुषाको शहिदनगर नगरपालिकाले प्रशासकीय भवन निर्माण गर्न सुरु गर्‍यो, नगरप्रमुख उदय बरबरीया यादवले गरे भवनको शिलान्यास ।


१९) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन, खोप लगाउन नागरिकको उत्साहजनक सहभागिता ।

 

२०) दार्चुलाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले मालिकार्जुनको शिखर पूजन जात्राका अवसरमा दिए सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।