close

सेनाद्वारा गाउँपालिकालाई यात्रु प्रतीक्षालय र सार्वजनिक शौचालय हस्तान्तरण

सेनाद्वारा गाउँपालिकालाई यात्रु प्रतीक्षालय र सार्वजनिक शौचालय हस्तान्तरण

Trulli
ADVERTISEMENT

मुस्ताङ - नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका– ४ जोमसोममा निर्माण गरेको यात्रु प्रतीक्षालय र सार्वजनिक शौचालय पालिकालाई हस्तान्तरण गरेको छ ।  

 

मुस्ताङ भ्रमणमा आउने पर्यटक तथा तीर्थयात्रीको सुविधाका लागि सेनाको जोमसोमस्थित बज्रदल गणले २५ लाख रुपैयाँ लगानीमा प्रतीक्षालय र सार्वजनिक शौचालय निर्माण गरेको जनाएको छ । 

 

नेपाली सेनाको क्विक प्रोजेक्टका रूपमा उक्त प्रतीक्षालय र शौचालय निर्माण भएका हुन् ।

 

सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी गोकुल भण्डारीले मंगलबार शौचालय र प्रतीक्षालय उद्घाटन गरी घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीलाई हस्तान्तरण गरे । 

 

‘पर्यटक तथा तीर्थालुको सुविधाका लागि पूर्वाधार निर्माण हामीले गर्‍यौँ’, उनले भने, ‘अब यसको हेरचाह र संरक्षण गर्ने दायित्व स्थानीय तहको रहन्छ ।’ 

 

गाउँपालिका अध्यक्ष थकालीले नेपाली सेनाको सहयोगमा निर्माण भएको प्रतीक्षालयसहितको शौचालयलाई गाउँपालिकाले संरक्षण तथा व्यवस्थापन गर्ने बताए ।