close

नामोनिशान गुमाएको लान्चा फल्चाको मौलिक स्वरूप फर्किंदै 

नामोनिशान गुमाएको लान्चा फल्चाको मौलिक स्वरूप फर्किंदै 

Trulli
ADVERTISEMENT

भक्तपुर– कुनै समय टाढा–टाढाका यात्रीको विश्राम स्थल थियो, लान्चा फल्चा । तर, विस्तारै फल्चा भत्कँदै गयो । आधुनिकतासँगै फल्चाको महत्त्व पनि बिर्संदै जाँदा अन्ततः फल्चा गुमनामै हुन पुग्यो । 

 

लामो समय गुमनाम रहेको उक्त फल्चा पुनर्निर्माण भएको छ । भक्तपुर नगरपालिकाले उक्त फल्चालाई पुनः आफ्नै स्वरूप दिन थालेको छ । लान्चा फल्चा अर्थात् बाटो छेवैको पाटी ।

 

पाटी हुन्जेल पाटी लान्चा फल्चाको रूपमा परिचित थियो । पाटी भत्कँदै गयो । पाटी भत्केपछि स्थानीयले सो क्षेत्रलाई भत्केको पाटी भनी नामकरण गरेका थिए ।
स्थानीयको विरोधपछि स्थानलाई पुरानै नाम अर्थात् लान्चा फल्चा भन्न थालियो ।

 

नामोनिशान हराएको फल्चालाई भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको छ । फल्चाको पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भक्तपुर क्षेत्र १ का सांसद प्रेम सुवालले २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । 

 

उपभोक्ता समिति गठन गरी फल्चाको पुनर्निर्माण हुन लागेको हो । मौलिक शैलीमा दाची अपा, चुनसुकी, आकर्षक काष्ठकलाको प्रयोग भई पुनर्निर्माण भइरहेको भक्तपुर नगरपालिकाले जनाएको छ । 

 

पालिकाको सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठका अनुसार पहिले बाटोसँगै फल्चा रहे पनि सो स्थानभन्दा केही मिटरभित्र पुनर्निर्माण गरिएको छ । फल्चामा बाँकी रहेका केही अवशेष र स्थानीय व्यक्तिको सुझावको आधारमा पुनर्निर्माण गरिएको उनले बताए ।
 

‘फल्चाको ऐतिहासिक महत्त्व थियो । भत्किएपछि फल्चाको महत्त्व हराउँदै गयो । समयअनुसार नाम पनि परिमार्जन भयो । स्थानीय भन्छन्, ‘फल्चाको नामकरणविरुद्ध आन्दोलन भएपछि अहिले पहिलेको नाम राखियो ।’