close

३ वर्षमा कर्णालीबाट हराए १९ सय महिला र बालबालिका  

३ वर्षमा कर्णालीबाट हराए १९ सय महिला र बालबालिका  

Trulli
ADVERTISEMENT

सुर्खेत- पछिल्लो ३ वर्षे अवधिमा कर्णालीबाट १ हजार ९ सय २ जना महिला तथा बालिका हराएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघ-संस्थाको समन्वयमा उद्दार गरिएको छ ।

 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन् । हराउनेमध्ये ४१६ जना महिला, १७३ बालक र २०१ बालिका छन् । २०७५/७६ मा सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुम पश्चिमबाट ९६ र सल्यानबाट ५५ जना हराएका छन् । 

 

त्यस्तै, जुम्लाबाट ५०, हुम्लाबाट २१, डोल्पाबाट १० र मुगुबाट २० जना महिला तथा बालबालिका हराएका हुन् । सोही वर्ष विभिन्न समयमा हराएका ५६४ महिला तथा बालिबालिका भेटिएका छन् ।
 
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशभर ५९५ महिला तथा बालबालिका हराएका छन् । तीमध्ये ३०८ महिला, १२२ बालक र १३७ बालिका छन् । तथ्यांकअनुसार २०७६/७७ मा सुर्खेतबाट ३०२, दैलेखबाट १०९, जाजरकोटबाट ३९, रुकुम पश्चिमबाट ३४ र सल्यानबाट ४४ जना हराएका छन् ।


जुम्लाबाट २३, डोल्पाबाट ४, मुगुबाट ३ र कालीकोटबाट १८ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । सोही वर्ष ८२ महिला, ५८ बालक र ६१ बालिका गरी कुल २०१ महिला तथा बालबालिका भने भेटिएका छन् ।
  
त्यस्तै, चालू आर्थिक वर्ष पनि प्रदेशभर कुल ५१७ महिला तथा बालबालिका हराएका छन् । हराएकामध्ये महिला २९२, ८५ बालक र १४० जना बालिका छन् । प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा सुर्खेतबाट २५०, दैलेखबाट १२४, जाजरकोट २६, रुकुम पश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएका छन् । 

 

जुम्लाबाट २१, डोल्पाबाट ९, हुम्लाबाट ७, मुगुबाट ५ र कालीकोटबाट ८ गरी कुल २८२ जना महिला तथा बालबालिका हराएका छन् । चालू आर्थिक वर्षमा प्रदेशभर १३३ महिला, ४४ बालक र ६४ जना बालिका भेटिएका छन् ।

 

पछिल्लो ३ वर्षमा हराएका १९०२ जनामध्ये सुर्खेतका ४२२ जनाको अवस्था अज्ञात छ । दैलेखका १९१, जाजरकोटका ७२, रुकुम पश्चिमका ७६ र सल्यानका ४१ जनाको अवस्था अज्ञात छ । जुम्लाका ३६, हुम्लाका १६, डोल्पाका ५, कालीकोटका २३ र मुगुका १२ जनाको अवस्था यकिन छैन । 


अध्ययन, रोजगारी र सुख-सुविधाको प्रलोभनमा परेर कारण महिला तथा बालबालिका हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले बताए । तस्कारले विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिका भारत तथा विभिन्न सहरमा पु¥याउने गरेको उनको भनाइ छ ।

 

तस्करले दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न सहरमा पुर्‍याउँदै आएका छन् ।