close

खजुरामा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई (भिडियो खबर)

खजुरामा वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई (भिडियो खबर)

ADVERTISEMENT

बाँके- बाँकेको खजुरा गाउँपालिकाले शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरणको लागि आवश्यक तयारी पूरा गरेको छ । स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएर आए देखि नै पालिकाका १४ माध्यामिक र ६ आधारभूत तहका विद्यालयमा आईसिटी मैत्री शिक्षण सिकाई प्रविधि सुरु गर्नको लागि चारवर्ष अघिबाट पालिकाले प्रत्येक विद्यालयलाई ल्यापटप, स्मार्ट बोर्ड र प्रोजेक्टर उपलब्ध गराउदै आएको थियो ।

 

गाउँपालिकाले ‘समृद्ध खजुराको लागि शिक्षामा प्रविधिको आवश्यकता, प्रविधिमैत्री साधारण तथा प्राविधिक शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित यस क्षेत्रको शिक्षामा काम गर्दै आइरहेको छ । खजुराको ज्ञानोदय नमुना मावि खजुरामा वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण सुरु पनि गरिएको छ ।

 

आईसिटी कार्यक्रम अन्तर्गत पालिकाका १४ माध्यामिक र ६ आधारभूत तहका विद्यालयमा आईसिटी मैत्री शिक्षण सिकाई प्रविधि सुरु गर्नको लागि चार वर्ष अघि पालिकाले प्रत्येक विद्यालयलाई ल्यापटप, स्मार्ट बोर्ड र प्रोजेक्टर उपलब्ध गराएको थियो । 

 

कोरोना संक्रमणको कारण भौतिक उपस्थितिमा शिक्षण सिकाईको गतिविधि सञ्चालन हुन सकेको छैन । यस्तो अवस्थामा वैकल्पिक माध्यमबाट प्रविधिको प्रयोगले शिक्षण सिकाईमा सहज बनाउने अपेक्षा गरिएको छ । यसका लागि खजुरा गाउँपालिकाले पनि सबै शिक्षकलाई आइसिटी मैत्री कक्षा सञ्चालनको लागि विभिन्न तालिम सम्पन्न गरी कक्षा सञ्चालनको तयारी गरेको छ ।

 

ज्ञानोदय नमुना मावि खजुराले पनि चालु शैक्षिक सत्रमा अनलाईन शिक्षण सिकाईको लागि सहज होस् भनेर विद्यालयका सबै शिक्षकलाई एक-एक थान ल्यापटप उपलब्ध गराएको छ । विद्यालयका ३३ जना शिक्षक शिक्षिकालाई ल्यापटप र विद्यालयमा ५३ वटा डेक्सटप राखिएको छ । 

 

गाउँपालिकाले वैकल्पिक शिक्षासहितको कक्षा सञ्चालनको लागि प्रत्येक विद्यालयमा ईन्टरनेटको व्यवस्था गर्नुको साथै नेटको अभाव हुने स्थानमा नेपाल टेलिकमको सियूजी सिमको प्रयोग पनि गर्न थालेको छ ।