close

कर्णाली प्रदेश प्रहरीले उठायो २ करोड बढी राजस्व 

कर्णाली प्रदेश प्रहरीले उठायो २ करोड बढी राजस्व 

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा २ करोड रुपैयाँ बढी राजस्व उठाएको छ । गत आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर ४५ लाख ४८ हजार रुपैयाँ राजस्व उठाइएको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो । 


कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि असार मसान्तसम्म नियम उल्लंघन गर्ने २९ हजार ८ सय ९२ सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व उठेको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।


सवारी कारबाहीमा ४ हजार ट्रक, ४ हजार १ सय ४६ बस, मिनीबस, ४ हजार ३ सय ७८ जिप, कार, ३ हजार १ सय १९ ट्रयाक्टर, ११ हजार ८ सय ५२ मोटरसाइकल र २ हजार ३ सय ८७ टेम्पोलगायत अन्य सवारी छन् । कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी २९ हजार ८ सय ९२ सवारी कारबाहीमा परेको डिएसपी विश्वकर्माले बताए ।  सवारी कारबाहीमा मोटरसाइकलको संख्या धेरै छ भने सबैभन्दा कम टेम्पो छन् । 


कार्यालयको प्रत्येक महिनाको जिल्लागत तथ्यांकअनुसार गत साउनमा १ हजार एक सय ५८, भदौमा १ हजार १ सय ५४, असोजमा २ हजार ३ सय ९, कात्तिकमा २ हजार ४ सय ९६ सवारी ट्राफिक कारबाहीमा परेका छन् । त्यस्तै, मंसिरमा ३ हजार २ सय १७, पुसमा ३ हजार १ सय ५२, माघमा ३ हजार ७ सय सय ४२ र फागुनमा ३ हजार ७ सय ८३ सवारीसाधन कारबाहीमा परेका छन् । 


कार्यालयका अनुसार चैतमा ३ हजार ८ सय ५४, वैशाखमा १ हजार ९ सय ५६, जेठमा ८ सय ८६ र असारमा २ हजार १ सय ८५ रहेको डिएसपी विश्वकर्माले बताए । चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको उनले जानकारी दिए ।

१ वर्षमा ८७ जनाले ज्यान गुमाए
 
आर्थिक वर्ष २०७७/७८ मा ३४८ सवारी दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । डिएसपी विश्वकर्माका अनुसार गएको आर्थिक वर्ष २०७७/७८ मा विभिन्न सवारी दुर्घटनामा परी ७५ जना पुरुष, ४ महिला, ७ बालक र १ बालिका गरी ८७ जनाले ज्यान गुमाएका हुन् ।
 
दुर्घटनामा परेर १८६ जना गम्भीर घाइते र ४०८ जना सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामध्ये मोटरसाइकल १५१ वटा दुर्घटनामा परेको विश्वकर्माले जानकारी दिए ।