close

इटहरी एक साताका लागि बन्द

इटहरी एक साताका लागि बन्द

Trulli
ADVERTISEMENT

सुनसरी- कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयको सेवा मंगलबारदेखि एक साताका लागि बन्द गरिएको छ ।


उपमहानगर कार्यालय तथा वडा कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र केहीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एक सातालाई सेवा बन्द गरिएको हो ।

 

यो अवधिमा अस्पताल तथा स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन सेवा, दमकल सेवा, भेटेरिनरी सेवा मात्र उपलब्ध हुने इटहरीका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।