close

लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने

लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत लिने बताएका छन् । 


मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामला तथा योजनामन्त्री चौधरीले उक्त जानकारी दिएका हुन् ।


विपक्षी दलले सरकार अल्पमतमा परेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने उनको भनाइ छ ।


मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने दाबप् गरे ।


जसपाकी सांसद पुर्मति ढेंगा मगरलाई सत्तापक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने ठोकुवा गरे ।


यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका प्रदेश रणनीति स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रदेश खेलकुद विकास नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।