close

महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण गरिएको हो ।


३३ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको नगरपालिका प्रमुख पर्शुराम नेपाल र उप-प्रमुख मञ्जु अधिकारीले उद्घाटन गरे । कार्यक्रममा नगरप्रमुख नेपालले दमारसहित आसपास क्षेत्रका सर्वसाधारणका लागि गाउँमै सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको बताए । 


सबै नगरबासीले सहज स्वास्थ्य सेवा पाउने वातावरण मिलाउन नगरपालिका लागिपरेको नगरप्रमुख नेपालको भनाइ छ । आधारभूत स्वास्थ्य केन्द्रमा अहिले दुई अहेब र एक जना कार्यालय सहयोगी छन् । दमार आसपास क्षेत्रका सर्वसाधारण सामान्य बिरामी हुँदा उपचारका लागि चानुवाको बुधबारे पुग्नुपर्ने बाध्यता थियो । अब दमारबाटै आधारभूत स्वास्थ्य सेवा पाउने भएपछि सो क्षेत्रका बासिन्दालाई सहज हुनेछ ।