close

फूलै फूलले ढकमक्क मनमोहक रारा 

फूलै फूलले ढकमक्क मनमोहक रारा 

Trulli
ADVERTISEMENT

मुगु- नेपालकै सबैभन्दा ठूलो रारा ताल यतिबेला फूलैफूलले ढाकिएको छ । कुनै बेला वर्षायाम सुरु भएसँगै रारा घुम्न आउने पर्यटकको ओइरो लाग्ने गर्थ्याे ।


तर, अहिले कोरोना महामारीका कारण पर्यटक नआउँदा रारा रोइरहेको छ । राम फन्को लगाउन आउने औँलामा गन्ने छन् ।


विगत वर्षमा यो समय दैनिक १ हजारदेखि १५ सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरे पनि कोरानाका कारण यो वर्ष रारा पर्यटकको पखाईमा बस्नुपर्ने बाध्यतामा छ । 


ताल वरपर ढकमक्क फुलेका फूलले रारालाई झनै सुन्दर बनाएको छ । रारा ताल आफैंमा सुन्दर छ । यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलले यहाँको वातावरण रंगीन बनाएको छ । 


प्रकृतिले शृंगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्छ । यतिबेला रारा क्षेत्रमा फुलेका फूलले ताललाई झनै मनमोहक बनाएको छ ।
 
मुर्माटपसम्म पुगरे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम भ्रमणका लागि उपयुक्त ठानिएको आन्तरिक पर्यटक सक्कबहादुर बुढाले बताए ।


कोरानाले केही समय सुनसान रारा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बुढा सुनाउँछन् ।